एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आज (सोमबार) विभिन्न आठ खेलहरु हुँदैछ ।
नेसन्स लिगमा सोमबार इटाली, पोल्याण्ड, नेदरल्यान्ड्स, नर्वे, अस्ट्रिया लगायतका देशले प्रतिस्पर्धा गर्ने छन् ।
इटालीले नेदरल्यान्ड्ससँग उसैको मैदानमा खेल्नेछ । इटाली र नेदरल्यान्ड्सबिचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रदा इटाली पहिलो जितको खोजीमा हुनेछ ।
लिग 'ए' समूह १ मा रहेको इटालीले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १-१ गोलको बराबरी खेलेको थियो ।
नेदरल्यान्ड्स भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई १-० ले हराएको थियो ।
यस समूहमा नेदरल्यान्ड्स ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एक अंक जोडेको इटाली दोस्रो र बोस्निया तेस्रो स्थानमा रहेको छ ।
अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ । पोल्याण्डले सोमबार आफ्नो दोस्रो खेलमा बोस्नियासँग खेल्नेछ ।
यस्तै नर्वेले नर्दन आयरल्याण्डसँग खेल्दा चेक रिपब्लिकले स्कटल्याण्डसँग खेल्नेछ ।
कजाकिस्तानले बेलारुससँग खेल्दा इजरायलले स्लोभाकियासँग खेल्नेछ ।
अन्य खेलमा अष्ट्रिया र रोमानिया तथा अल्बानिया र लिथुनियाबीच खेल हुनेछ ।