एजेन्सी । प्रिमियर लिग क्लब उल्भ्सले ब्राजिलियन डिफेन्डर फर्नान्डो मार्कललाई अनुबन्ध गरेको छ ।
उल्भ्सले फ्रेन्च क्लब ओलम्पिक लियोनबाट डिफेन्डर मार्कललाई अनुबन्ध गरेको हो ।
३१ वर्षीय डिफेन्डरले उल्भ्ससँग २ वर्षको सम्झौता गरेका छन् ।
लियोनमा तीन सिजना बिताएका डिफेन्डर मार्कलले क्लबलाई गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्र्याउन महत्वपूर्ण योगदान गरेका थिए ।
उल्भ्सले यस ट्रान्सफरमा दोस्रो खेलाडीको रुपमा मार्कललाई अनुबन्ध गरेको हो ।
उल्भ्सले शनिबार क्लबको कीर्तिमानी मूल्यमा युवा फरवार्ड फाबियो सिल्भालाई अनुबन्ध गरेको थियो ।
उल्भ्सले फरवार्ड फाबियोलाई पोर्चुगिज क्लब पोर्टोबाट ३५.६ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
१८ वर्षीय फरवार्डका लागि उल्भ्सले तिरेको यो रकम क्लब इतिहासकै सर्वाधिक हो ।