यूएस ओपन : ओसाका चौथो चरणमा
शनिबार, भदौ २०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । नाओमी ओसाका यूएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् ।
१८ वर्षीया युक्रेनी खेलाडी मार्टा कोस्त्युकमाथि ६–३, ६–७ (४–७) ६–२ को जित निकाल्दै ओसाका प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी हुन् ।
सन् २०१८ की च्याम्पियन ओसाकाले १४ औं वरियताकी एनेट कोन्टेविटसंग प्रतिस्पर्धा गर्नेछिन् ।
चोटका कारण विश्व वरियतामा नवौं नम्बरमा रहेकी खेलाडी ओसाकाले पछिल्लो हप्ता वेस्टर्न र सदर्न ओपनको फाईनलबाट बाहिर रहेकी थिईन् ।
महिलातर्फ सन् २०१६ की च्याम्पियन एन्जेलिक कर्बरले एन लीमाथि ६–३ र ६–४ को सेटमा जिते निकालिन् ।
उनले २८ औं वरियताकी अमेरिकन खेलाडी जेनिफर ब्रेडीसंग खेल्नेछिन् । जेनिफरले फ्रान्की क्यारोलिनी गार्सियालाई ६–३ र ६–३ को सेटमा पराजित गरेकी थिईन् ।






copy-1761474438174.jpg&w=3840&q=75)


-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





