दर्शक विहिन बुन्डेसलिगा

एजेन्सी । बुन्डेसलिगाको सुरुवाती खेल दर्शक बिना खेलाईने भएको छ । जर्मन सकारले कम्तिमा अक्टोबरको अन्तिमसम्म दर्शकलाई रंगशाला प्रवेशमा निषेध गर्ने भएको छ ।
जर्मन बुन्डेसलिगाको नयाँ सिजन सेप्टेम्बर ११ बाट सुरु हुदैछ ।
केही सिमित प्रशंसकलाई रंगशाला प्रवेशमा अनुमती दिने अपेक्षा गरिएको थियो । तर महामारीको रुपमा रहेको कोरोना भाईरसका कारण दर्शकले रंगशाला प्रवेश गर्न केही समय पर्खनुपर्ने भएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केल र जर्मन प्रधानमन्त्री सहितको सम्मेलनले सो बिषयमा स्थानीय सरकारको प्रस्तावमा काम गर्न आवश्यक रहेको बताएको छ । प्रशंसकलाई अक्टोबर अन्तिमसम्म सिमित रुपमा रंगशाला लैजाने बिषयमा स्थानीय सरकारसंग मिलेर प्रस्ताव तयार गर्नेछ ।
जर्मनमा यसबर्षको अन्तिमसम्म ठुलो महोत्सवमा आम सर्वसाधारणलाई जान रोक लगाईएको छ ।
जर्मनको एक राज्य बाभारियाका प्रधानमन्त्री मार्कुस सोडरले सेप्टेम्बरमा दर्शक सहित फुटबल सुरु गर्नुको कुनै अर्थ नहुने बताएका छन् । उनले संक्रमितको संख्या बढेको खण्डमा गलत सन्देश जाने बताए ।
कोरोना महामारीका कारण अबरुद्ध गत सिजन जर्मनमा सुरु भएको थियो ।
फ्रान्समा भने एक खेलमा ५ हजारसम्म दर्शकलाई खेल हेर्न अनुमती दिईएको छ । जर्मनमा भने रंगशालामा गएर फुटबल हेर्न केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ । तर बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपमा सेभियासंग दर्शकका अगाडी खेल्नेछ ।
यूईएफएले यसै हप्ता बुडापेस्टमा ६७ हजार दर्शक क्षमताको रंगशालामा सेप्टेम्बर २४ मा खेल हुने बताएको छ । सो खेलमा केही दर्शकलाई समेत प्रवेश खुल्ला गरिने छ ।
यूईएफएका अनुसार करिब ३० प्रतिशत दर्शक रंगशालामा देखिनेछन् । जर्मनको एक पत्रिकाको अनुसार यूईएफएले दुवै टिमका दर्शकलाई ३ हजार टिकट कोटाको रुपमा प्रदान गरेको छ ।
बायर्नले सिजनको चौथो उपाधिका लागि सेभियासंग खेल्दैछ । बायर्नले ऐतिहासिक रुपमा ट्रेबल उपाधि उचाल्ने क्रममा बुन्डेसलिगा, डीएफबी पोकल र च्याम्पियन्स लिग जितेको छ ।
उसले गत हप्ता फ्रान्सेली क्लब पीएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । त्यस्तै सेभियाले सिरि ए क्लब इन्टर मिलानलाई ३–२ ले हराउँदै युरोपा लिगको उपाधि उचालेको हो ।