एजेन्सी । इंग्लिस क्लब चेल्सीले युवा डिफेन्डर मालाङ सारलाई अनुबन्ध गरेको छ ।
चेल्सीले बिहीबार फ्रान्सका युवा डिफेन्डर मालाङ अनुबन्ध गरिएको जनाएको छ ।
चेल्सीले फ्रि ट्रान्सफरमा मालाङ अनुबन्ध गरेको हो ।
२१ वर्षीय सेन्टर डिफेन्डरसँग चेल्सीले पाँच वर्षको सम्झौता गरेको छ ।
मालाङले हालै सकिएको सिजनको अन्त्यसँगै फ्रेन्च लिग वान क्लब ओजिसी निस छाडेका थिए ।
१७ वर्षकै उमेरमा निसको सिनियर टिममा डेब्यु गरेका मालाङले १ सय १९ खेलमा ३ गोल गरेका थिए ।
मालाङले फ्रान्सको यू-१६ देखि यू-२१ उमेर समूहको टिमबाट खेलिसकेका छन् ।
तर, चेल्सीले मालाङलाई आउने सिजन लोनमा अन्य क्लब पठाउने जनाएको छ ।
