एजेन्सी । फ्रेन्च क्लब ओलम्पिक डी मार्सेलीका कप्तान तथा गोलरक्षक स्टिभ मान्डान्डाले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
३५ वर्षीय गोलरक्षक स्टिभले मार्सेलीसँग चार वर्षको नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै स्टिभ सन् २०२४ सम्म मार्सेलीमा रहने छन् ।
फ्रान्सेली गोलकिपर सन् २००७ मा लोनमा मार्सेली आएका थिए ।
त्यसको एक सिजनपछि मार्सेलीले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।

तर, उनी २०१६ मा मार्सेलीबाट प्रिमियर लिग क्लब क्रिस्टल प्यालेस गएका थिए । क्रिस्टलमा एक सिजन बसेर पुन: उनी २०१७ मा मार्सेली फर्किएका थिए ।
मार्सेलीका लागि स्टिभले ५ सय ४९ खेल खेलेका छन् ।
लिजेण्ड गोलकिपर स्टिभ मार्सेलीका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडी समेत हुन् ।
फ्रान्सका लागि उनले ३२ खेल खेलेका छन् ।