चेल्सीका चार खेलाडीलाई कोरोना
बिहिबार, भदौ ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब चेल्सीका चार खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
प्रि-सिजन तयारी अघि गरिएको परिक्षणमा चार खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।
चेल्सीले आफ्ना खेलाडीलाई कोरोना देखिएको र आईसोलेसनमा पठाइएको पुष्टि गरेको छ ।
चेल्सीले कोरोना पोजेटिभ देखिएका खेलाडीको नाम सार्वजनिक गरेको छैन ।
तर, डेलीमेलका अनुसार मासन माउन्ट, टामी अब्राहम, क्रिस्टियन पुलिसिच र फिकायो टोमोरी क्वारेन्टिन रहेको जनाएको छ ।
उनीहरु सिजन सकिएपछि छुट्टि मनाउन ग्रिक आइसल्याण्ड गएका थिए ।
चेल्सीले नयाँ सिजनको पहिलो खेलमा सेप्टेम्बर १४ मा ब्राइटनसँग खेल्नेछ ।
प्रिमियर लिगको नयाँ सिजन भने सेप्टेम्बर १२ बाट सुरु हुनेछ ।
पछिल्लो साता प्रिमियर लिगका खेलाडीमा कोरोना संक्रमण बढिरहेको छ ।
गत साता १४ क्लबका १२ जनालाई कोरोना द्देखिएको थियो ।











-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)