एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले युवा फरवार्ड फ्रान्सिस्को ट्रिन्काओसँग औपचारिक रुपमा सम्झौता गरेको छ ।
पोर्चुगिज फरवार्ड फ्रान्सिस्कोसँग बार्सिलोनाले बुधबार औपचारिक सम्झौता गरेको हो ।
बार्सिलोनाले २० वर्षीय फरवार्डलाई गत जनवरीमा ३१ मिलियन युरोमा पोर्चुगिज क्लब स्पोर्टिङ ब्रागाबाट अनुबन्ध गरेको थियो ।
बार्सिलोनाले उनलाई जुलाई १ बाट बार्सिलोनाका खेलाडी हुने गरी सम्झौता गरेको थियो ।
युवा फरवार्डसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको छ ।

सम्झौतासँगै फ्रान्सिस्को आगामी २०२४/२५ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छन् ।
फ्रान्सिस्कोले २०१८ मा ब्रागाको सिनियर टिममा डेब्यु गरेका थिए । फ्रान्सिस्कोले ब्रागाका लागि ३३ खेलमा ८ गोल गरेका थिए ।
पोर्चुगलको उमेर समूहको टिमबाट खेलिसकेका फ्रान्सिस्को पहिलो पटक सिनियर टिममा समेत परेका छन् ।
पोर्चुगलले यूईएफए नेसन्स लिगका लागि सोमबार घोषणा गरेको टिममा फ्रान्सिस्को अटाएका छन् ।
पोर्चुगलले सेप्टेम्बरमा क्रोएसिया र स्विडेनसँग खेल्दैछ ।