एजेन्सी । लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले क्लबसँग सम्झौता थप गरेका छन् ।
नयाँ सम्झौता अनुसार इंग्लिस फरवार्ड भार्डीले सन् २०२३ सम्म लेस्टरमै बस्ने सहमती जनाएका हुन् ।
३३ वर्षीय भार्डीको क्लबसंगको सम्झौता दुई वर्ष बाँकी छ ।
भार्डीले क्लबसंग एक बर्षको सम्झौता थप गरेका हुन् । गत सिजनमात्र भार्डीले प्रिमियर लिगमा सर्वाधिक २३ गोल गरेका थिए ।
योसंगै उनी क्लबमा ११ बर्ष रहनेछन् । उनी सन् २०१२ मा लेस्टर सिटीमा आबद्ध भएका थिए ।
सन् २०१५–१६ को सिजनमा लेस्टरलाई प्रिमियर लिगको उपाधि जिताउन भार्डीले मुख्य भूमिका खेलेका थिए । उनले त्यो सिजनमा २४ गोल गरेका थिए ।
गत जुनमा उनले करियरको सयौं प्रिमियर लिग गोलको कोशेढुङ्गा पार गरेका थिए । यो सफलता प्राप्त गर्ने उनी २९ औं खेलाडी हुन् ।