एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायर इंग्ल्यान्डको राष्ट्रिय टिमबाट निकालिएका छन् ।
ग्रिकको अदालतले मग्वायरलाई जेल सजाय सुनाएसँगै मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मग्वायरलाई टिमबाट बाहिर राखेका हुन् ।
नेसन्स लिग अन्तर्गत आइसल्याण्ड र डेनमार्कसँगको खेलका लागि मंगलबार इंग्ल्यान्डले घोषणा गरेको टिममा डिफेन्डर मग्वायर अटाएका थिए ।
तर, इंग्ल्यान्डले टिम घोषणा गरेको केहि घण्टापछि ग्रिकको अदालतले मग्वायरलाई २१ महिना १० दिनको जेल सजाय सुनाएको थियो ।
अदालतले मग्वायरलाई आक्रोशित आक्रमण, गिरफ्तारीको विरोध तथा बारम्बार घुसघोरीको प्रयासमा दोषी ठहर गरेको थियो ।
ग्रिक आइल्यान्डको माइकोनोसको एक बारमा झगडा गरेपछि मग्वायर शुक्रबार राति पक्राउ परेका थिए ।
छुट्टि मनाउन ग्रिक पुगेका मग्वायर बार बाहिर भएको झगडामा संग्लग्न भएको ग्रिक प्रहरीले दाबी गरेको छ ।
२७ वर्षे डिफेन्डरले भने आफु निर्दोष रहेको बताउँदै आएका छन् । उनले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।