एजेन्सी । सिरि ए क्लब रोमाले पेड्रोसँग तीन वर्षको सम्झौता गरेको छ ।
सिजन सकिए लगत्तै लण्डन क्लब चेल्सी छाडेका पेड्रोलाई रोमाले तीन वर्षका लागि अनुबन्धन गरेको हो ।
उनी फ्रि–ट्रान्सफर अन्तर्गत सिरि ए क्लबमा आबद्ध भएका हुन् । उनका सहयात्री विलियनले अर्को लण्डन क्लब आर्सनलमा अनुबन्धन भएका छन् ।
‘रोमा आउन पाउँदा निकै अनुग्रही छु ।’ पेड्रोले भनेका छन् ।
‘नयाँ चुनौतीलाई लिएर निकै उत्सुक छु । तर आउने सिजनको क्लबको लक्ष्य पुरा गर्नेछु ।’ उनले भने ।
‘म समर्थकलाई धन्यवाद दिन चाहुन्छु, जसले मलाई स्वागत गरे । आशा गर्छु, म नि उनीहरुलाई खुसी पार्नेछु ।’ पेड्रोले भने ।
पेड्रोले आफ्नो फुटबल करियरमा २५ मुख्य उपाधि जितेका छन् । जसमा विश्वकप, युरो कप र च्याम्पियन्स लिग समेत समावेश छन् ।
रोमाका कार्यकारी अधिकृत गुइडो फिएन्गाले स्टाडियो ओलम्पिकोको शानदार संग्रहमा पेड्रो जोडिएको हेर्न चाहेको बताए ।
‘हाम्रो लागि यो सौभाग्यको कुरा हो, रोमा परिवारका लागि पेड्रो जस्ता क्षमताको खेलाडी स्वागत गर्नका लागि समक्ष भएका छौ ।’ उनले भने ।

रोमाले मंगलबार समर ट्रान्सफरको पहिलो खेलाडीको रुपमा पेड्रोलाई सार्वजनीक गरेको हो । पेड्रोले यो महिनाको सुरुवातमै आफुले चेल्सी छाड्ने खुलासा गरेका थिए ।
स्टामफोर्ड ब्रिजमा ५ बर्ष बिताएका उनले मुख्य तीन उपाधि जितेका छन् ।
उनको चेल्सीका लागि अन्तिम समयको खेल सुखद रहेन । एफ ए कपको फाईनलमा चेल्सी पराजित भएको खेलमा पेड्रोले चोट बोक्दै मैदान बाहिरिएका थिए ।
लगत्तै उनको सल्यक्रिया गरिएको थियो । सोही कारण च्याम्पियनस लिगको अन्तिम १६ को दोस्रो लेगको खेल उनले गुमाएका थिए । सो खेलमा चेल्सी बायर्न म्युनिखसंग ४–१ ले पराजित बनेको थियो ।
पेड्रो यसअघिनै रोमासंग दुई बर्षको सम्झौताका लागि तयार थिए । उनले चोटका कारण सिरि एका सुरुवाती केही खेल गुमाउनेछन् ।