एजेन्सी । डच क्लब पीएसभीले स्विस गोलकिपर यभोन एमभोगोलाई अनुबन्ध गरेको छ ।
पिएसभीले गोलकिपर एमभोगोलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा अनुबन्ध गरेको हो ।
गोलिकिपर एमभोगोलाई दुई वर्षको लागि लोनमा अनुबन्ध गरेको पिएसभीले जनाएको छ ।
पिएसभीले २६ वर्षीय गोलकिपरले टिमसँग प्रशिक्षण सुरु गरेको समेत जनाएको छ ।
एमभोगो तीन वर्षअघि योङ बोइजबाट लाइपजिग आएका थिए ।
तर, लाइपजिगको प्लेइङ सेटमा लगातार खेल्न असफल भईरहेका थिए ।
उनले लाइपजिगका लागि १९ खेल खेलेका थिए ।
स्विट्जरल्यान्डको राष्ट्रिय टिमबाट उनले २ खेल खेलेका छन् ।