शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेस्सीलाई प्रस्ताव गर्ने सिटीको तयारी

मंगलबार, ०९ भाद्र २०७७खेलपाटी संवाददाता
मेस्सीलाई प्रस्ताव गर्ने सिटीको तयारी
Loading ad...
mustang rice ad

एजेन्सी । म्यान्चेष्टर सिटीले लियोनल मेस्सीलाई अनुबन्धन गर्ने गृहकार्य सुरु गरेको छ । उसले यस समर ट्रान्सफरमा मेस्सीलाई अनुबन्धन गर्ने सकिने सम्भावनाको बिषयमा आन्तरिक गृहकार्य अघि बढाएको हो ।

अर्जेन्टिनी फरवार्ड नाउ क्याम्पमा आफ्नो भविष्यलाई लिएर अनिश्चितता ब्यक्त गरिरहेका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग पराजित भएपछि मेस्सीले बार्सिलोना छाड्न चाहेको बताएका छन् ।

ईएसपीएनका अनुसार सिटीका प्रशिक्षक तथा मेस्सीका पूर्व म्यानेजर पेप ग्वार्डीओला अर्जेन्टिनी लिजेण्डलाई अनुबन्धन गर्न क्लबको बित्तिय अवस्था र बार्सिलोनाले निर्धारण गरेको मुल्यको सम्भावनाको खोजी गरिरहेका छन् ।

क्लबको बित्तिय अनुशासनको नियम पालना हुने अवस्था र बार्सिलोना मेस्सीका लागि निर्धारण गरेको मुल्यमा छलफल गर्न खुल्ला भए अर्जेन्टिनी फरवार्डलाई अनुबन्धनका लागि औपचारिक प्रस्ताव राख्ने सिटीको तयारी छ ।

Messi enjoyed arguably the greatest years of his career under current City boss Pep Guardiola

रिपोर्टका अनुसार बार्सिलोनाका केही बोर्ड सदस्य ३३ बर्षिय फरवार्डलाई बेच्ने विल्कपमा खुल्ला हुनुपर्ने बताएका छन् । मेस्सीले बार्सिलोना छाड्न चाहेमा उनलाई बेच्ने विकल्प समेत खुल्ला राख्नुपर्ने उनीहरुको तर्क छ ।

बार्सिलोनाले गत हप्ता साउथह्याम्टन, एभर्टन र नेदरल्याण्डका पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । उनले समेत मेस्सीसंग भेटर नयाँ योजनाका बिषयमा छलफल गरेका छन् ।

मेस्सीले आफ्नो क्लब फुटबल करियमरमा बार्सिलोनामा मात्र खेलेका छन् । तर सन् २०१९–२० को सिजन निकै खराब रहेपछि उनले क्लब छाड्ने मनसाय बनाएका छन् ।

उनी सन् २००७–०८ पछि पहिलो पटक उपाधि विहिन सिजन बिताएका हुन् । बार्सिलोनाले घरेलु ला लिगाको उपाधि समेत रियल मड्रिडलाई सुम्पिएको थियो ।

उनको क्लबसंगको सम्झौता अर्को समरसम्म मात्र बाँकी छ । बार्सिलोनाका अधिकारीहरु मेस्सीमाथि निर्धारण गरिएको रिलिज क्लोज भन्दा कम मुल्यमा आफ्ना फरवार्ड बेन्च नसकिने बताउँदै आएका छन् ।

Messi held talks with Koeman about his future - his current contract runs until next summer

युरोपेली फुटबल महासंघले निर्धारण गरेको बित्तिय अनुशासनको नियम र कोरोना भाईरसको कारण उत्पन्न आर्थिक संकटका कारण मेस्सी अनुबन्धन गर्न सिटीलाई गाह्रो पर्ने देखिन्छ ।

बित्तिय अनुशासन पालना नगरेको आरोपमा गत महिना मात्र कोर्ट अफ आर्बिटेसनले सिटीमाथिको दुई बर्षको प्रतिबन्ध फुकुवा गरेको थियो ।

सम्झौता सफल भएको खण्डमा मेस्सीको तलब सहितको मुल्यले नयाँ विश्व कीर्तिमान कायम गर्नेछ । सन् २०१७ मा फ्रान्सेली क्लब पीएसजीले नेयमारलाई २ सय मिलियन पाउण्डमा बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा अनुबन्धन गरेको थियो ।

ग्वार्डीओलाको नेतृत्वमा मेस्सीले बार्सिलोनामा सफल बर्ष बिताएका थिए । मेस्सीले ग्वार्डीओलासंग मिलेर बार्सिलोनामा दुई च्याम्पियन्स लिग र तीन ला लिगा उपाधि जितेका थिए ।

सिटीका अध्यक्ष खलदुन अल मुबारकले निकै जोडका साथ समर ट्रान्सफरमा नयाँ खेलाडीहरु थपिने बताएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान