एजेन्सी । फ्रान्सका मिडफिल्डर नाम्प्लेज मेन्डीले इंग्लिस क्लब लेष्टर सिटीसँग नयाँ सम्झौता गरेका छन् ।
२८ वर्षीय मेन्डीले सोमबार थप दुई वर्ष क्लबमा रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै मेन्डी सन् २०२२/२३ को सिजनको अन्त्यसम्म क्लबमा रहने छन् ।
मेन्डी सन् २०१६ मा फ्रेन्च क्लब नाइसबाट लेष्टर आएका थिए ।
लेष्टरसँग उनको सम्झौता गत जुनमा सकिएको थियो । तर, उनले सिजनको अन्त्यसम्मको लागि थप छोटो समयको सम्झौता गरेका थिए ।
मेन्डीले सबै खाले प्रतियोगिता गरी लेष्टरका लागि ४९ खेल खेलेका छन् ।