च्याम्पियन्स लिग जित्ने पीएसजीकाे बाचा

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का अध्यक्ष नासिर अल खालिफाले फ्रेन्च क्लबले पुन च्याम्पियन्स लिगको उपाधिमा दाबेदारिता प्रस्तुत गर्ने बताएका छन् ।
आईतबार राति च्याम्पियन्स लिगको फाईनलमा पराजित भएपछि पीएसजीका अध्यक्ष खालिफाले लामो समयका लागि च्याम्पियन्स लिगमा पुन दाबेदारिता प्रस्तुत गर्न फर्किनेमा जोड दिएका हुन् ।
फ्रेन्च क्लब पीएसजी च्याम्पियन्स लिगको फाईनल खेलमा बायर्न म्युखिनसंग १–० ले पराजित बन्यो । पीएसजीका पूर्व खेलाडी किंग्सले कोम्यानले हेडमार्फत बायर्नका लागि दोस्रो हाफमा विजयी गोल गरेका थिए ।
खेलको पहिलो हाफमा नेयमार र केलियन एम्बाप्पेले गोलका सुन्दर अवसरहरु खेर फालेका थिए । लिस्बोनमा भएको फाईनल खेल गुमाएपछि नेयमारले निकै बेर मैदानमा आँशु झारेका थिए ।
तर अल खालिफाले खेलाडीको प्रर्दशनले गर्व गर्दै टिमलाई सम्हालिन अनुरोध गरे ।
‘हामी निराश छौ । हामीले बिर्सन हुदैन, हामीले यस सिजन धेरै राम्रो गरेका छौ । फाईनलमा १–० ले खेल गुमाएका छौ । तर हामी दुई–तीन गोल गर्न सक्थ्यौ ।’ अल खालिफाले भने ।
‘हामी उपाधिको निकै नजिक थियौ । म खेलाडीलाई लिएर निकै गर्व गर्छु । यो सिजन निकै उत्कृष्ट रह्यो । निकै राम्रो खेल भयो । हामीले जितका लागि सबै चिज दिएका थियौ । तर यो फुटबल हो ।’ उनले थपे ।
‘हामी अर्को सिजनका लागि काम गर्छौ । आजको रात अघिल्ला भन्दा फरक छ । म बाचा गर्छु, हामी च्याम्पियन्स लिग जित्न गईरहेका छौ ।’ खालिफाले भने ।
पीएसजीले यस सिजन घरेलु फुटबलका सबै उपाधि हात पार्यो । उसले च्याम्पियन्स लिगको उपाधिमा निकै जोड दिएको थियो । अध्यक्ष खालिफाले टिमसंग अहिले पनि धेरै उपलब्धि रहेको बताए ।
‘हामीले उत्कृष्ट बायर्नबिरुद्ध खेल्यौ । त्यो महत्वपूर्ण हो । उनीहरु विश्वका सर्वोकृष्ट टिम हुन् । हामीले १–० ले हारेका छौ । यो फुटलब हो । हामीले केही सुधार गर्न आवश्यक छ । यो हाम्रो पहिलो फाईलन हो । बायर्नको ११ औं फाईनल हो ।’ खेलाडीलाई ढाडस दिदै उनले भने ।
‘हामीले राम्रो सिजन बितायौ । हामी फाईनल पुग्यौ । हामीले चार उपाधि जित्यौ । हामी निराश हुन आवश्यक छैन । तर त्यहाँ केही सकारात्मक चिजहरु छन् ।’ उनले भने ।
‘हामी एक दिन फर्कने छौ । हामी यसमा काम गर्नेछौ । फाईनल पुग्न सहज थिएन । हामी उपाधि जित्नका लागि सबै कुरा गर्न गईरहेका छौ ।’ खालिफाले थपे ।