नेसन्स लिगका लागि आयरल्याण्डको टिम घोषणा
२०२० अगस्ट २४, सोमबारखेलपाटी संवाददाता

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलका लागि रिपब्लिक आयरल्याण्डले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
आयरल्याण्डले सोमबार २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक स्टेफेन केनीले घोषणा गरेको टिममा दुई खेलाडीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
यू-२१ टोलीका सदस्य जयसन मोलुम्ब्य र एडम एलदाहले सिनियर टिममा स्थान पक्का गरेका छन् ।
नेसन्स लिगको पहिलो खेलमा आयरल्याण्डले सेप्टेम्बर ३ मा बुल्गेरियासँग खेल्नेछ ।
त्यसको तीन दिनपछि आयरल्याण्डले बुल्गेरियासँग खेल्ने तालिका रहेको छ ।