एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडविरुद्ध खेल्ने भएका छन् ।
बिहिबार सार्वजनीक च्याम्पियन्स लिगको ड्र अनुसार इटालियन क्लब युभेन्ट्स र म्यान्चेष्टर युनाईटेड एउटै समुहमा परेपछि रोनाल्डोले पुर्व क्लबविरुद्ध खेल्ने तय भएको हो ।
स्पेनिस लिगमा लामो समय बिताएका रोनाल्डो यसै सिजन सिरि ए क्लब युभेन्ट्स आएका छन् ।
च्याम्पियन्स लिगको ड्र अनुसार युभेन्ट्स समुह एचमा रहेको छ । म्यान यु समेत सोही समुहमा परेपछि रोनाल्डोले ओल्डट्राफोर्ड क्लबविरुद्ध खेल्ने तय भएको छ ।
रोनाल्डोले सन् २००३ देखि २००९ सम्म युनाईटेड क्लबमा बिताएका थिए । उनले १ सय ९६ खेलमा म्यान युको जर्सीमा ८४ गोल गरेका थिए ।
लगत्तै उनी विश्व कीर्तिमानी रकममा प्रिमियर लिग क्लबबाट स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका थिए ।