एजेन्सी । इटालियन क्लब बोलोग्नाका मुख्य प्रशिक्षक सिनिसा मिहालोविचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बोलोग्नाले आइतबार मुख्य प्रशिक्षक मिहालोविचलाई कोरोना भएको पुस्टि गरेको छ ।
कोरोना देखिएपछि मिहालोविच दुई साताको आइसोलेसनमा बसेको समेत क्लबले जनाएको छ ।
क्लबले उनको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाएको छ ।
मुख्य प्रशिक्षकलाई कोरोना देखिएपछि क्लब टिमका खेलाडी र अन्य कोचिङ स्टाफको पनि सोमबार कोरोना परिक्षण गर्ने जनाएको छ ।
मिहालोविचको बोलोग्नासँगको सम्झौता २०२३ को जुनसम्म रहेको छ ।
यस सिजनको सिरी 'ए' फुटबल सेप्टम्बर १९ बाट सुरु हुनेछ ।