क्रिस फ्रुम 'टुर डे फ्रान्स'को टिम बाहिर
बुधबार, भदौ ३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । चार पटकको च्याम्पियन क्रिस फ्रुमले विश्व चर्चित साइक्लिङ प्रतियोगिता टुर डे फ्रान्स गुमाउने भएका छन् ।
टुर डे फ्रान्सका लागि टिम इनिओसले बुधबार सार्वजनिक गरेको टिममा फ्रुमलाई समावेश गरेको छैन ।
चोटका कारण पूर्ण रुपमा ठिक नभएको कारण इनिओसको आठ सदस्सीय टिममा फ्रुम नपरेका हुन् ।
चोटका कारण फ्रुमले गत वर्षको टुर डे फ्रान्स समेत गुमाएका थिए ।
टिम इनिओसको नेतृत्व यस वर्ष साविक विजेता इगान बेर्नलले गर्ने छन् ।
बेलायती साइक्लिस्ट फ्रुम यस वर्षको अन्त्यसँगै इनिओस छाड्दै छन् ।
यस्तै अर्का सदस्य गेरिन्ट थोमस समेत टुर डे फ्रान्स खेल्ने टिमबाट बाहिरिएका छन् ।






copy-1761474438174.jpg&w=3840&q=75)



-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




