एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर क्लाउडियो ब्राभोले क्लब छाडेका छन् ।
चिलीका गोलकिपर ब्राभो सिटीमा चार वर्ष बसेर क्लब छाडेका हुन् ।
सिटीले ब्राभोले क्लब छाडेको पुष्टि गरेको छ ।
'क्लबमा चार वर्षको लागि क्लाउडियोलाई सबैले धन्यवाद दिन चाहन्छ र उसको भविष्यको लागि शुभकामना,' सिटीले भनेको छ ।
३७ वर्षीय गोलकिपर सन् २०१६ मा बार्सिलोनाबाट सिटी आएका थिए ।
मुख्य प्रशिक्षक पेप ग्वार्डीवलाले आफ्नो पहिलो अनुबन्धको रुपमा ब्राभोलाई अनुबन्ध गरेको थियो ।
ब्राभोले सिटीका लागि ६१ खेल खेलेका छन् ।
यस्तै चिलीका लागि उनले १ सय २३ खेल खेलेका छन् ।
ब्राभो स्पेनिस क्लब जाने बताईएको छ । उनले रियल बेटिससँग सम्झौता गर्ने इंग्लिस मिडियाले जनाएको छ ।