एजेन्सी । बार्सिलोनका अध्यक्ष जोसेप मारिया बर्टोमेउले लियोनल मेस्सीले आफ्नो खेल करियर स्पेनिस क्लबमै अन्त्य गर्ने दोहाेर्याएका हुन् ।
मेस्सीले क्याम्प नाउ छाड्ने हल्ला चलिरहेको समय बर्टोमेउले अर्जेन्टिनी स्टारले खेल करियर बार्सिलोनामै अन्त्य गर्ने बिषय दोहाेर्याएका हुन् ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना बायर्न म्युनिखसंग ८–२ गोल अन्तरले पराजित बनेको थियो । पछिल्लो हारले बार्सिलोनाभित्र संकट बढ्दो छ ।
क्लबले मुख्य प्रशिक्षक क्विक सेटिन र प्राविधिक म्यानेजर ईरिक एबिडाललाई बर्खास्त गरिसकेको छ । बर्टोमेउले मंगलबारमात्र रोनाल्ड कोइमेन क्लबको मुख्य प्रशिक्षक बन्न सक्ने बताएका छन् ।
सबैको नजर मेस्सीमा छ । बार्सिलोनासंग उनको सम्झौता अन्तिम सिजनमा आईपुगेका छ । बार्सिलोनाको पछिल्लो नतिजालाई हेर्दै मेस्सीले क्लब छाड्न चाहेको खबर समेत सार्वजनीक भएको छ ।
ईन्टर मिलानलाई मेस्सीको सम्भावित गन्तव्यको रुपमा हेरिएको छ । क्लबका अध्यक्षले ३३ बर्षका फरवार्ड अनुबन्धन गर्न पाउनु क्लबका लागि सपना भन्दा ठुलो बिषय रहेको बताएका छन् ।

सन् २०२१ मा क्लबको अध्यक्ष समेत लड्न गईरहेको बर्टोमेउले मेस्सी कतै नजाने प्रष्ट पारेका छन् ।
‘मेस्सी आफ्नो करियर बार्सिलोनामै अन्त्य गर्न चाहन्छन् ।’ उनले बार्सा टिभीमा भनेका छन्, ‘म उनी र उनको पितासंग नियमित सम्पर्कमा छु । उनी आफ्नो योजनाका एक भाग हुन् । कोईमेन हाम्रा नयाँ म्यानेजर हुनेछन् । उनले समेत मेस्सी हाम्रो योजनाको मुख्य खेलाडी हुने बताएका छन् ।’
उनले मेस्सीले क्लब नछाड्ने प्रष्ट पार्दै क्लबले अन्य खेलाडी बेन्च सक्ने बताएका छन् ।
उनले एक वा दुई मुख्य खेलाडी खरिद गर्नका लागि पैसा जुटाउन केही खेलाडी बेच्न सकिने बताएका हुन् ।

बार्सिलोनाले पीएसजीका फरवार्ड नेयमार र ईन्टरका फरवार्ड लौटारो मार्टिनेजलाई मुख्य लक्ष्यको रुपमा हेरेको छ ।
उनले समर ट्रान्सफरमा नयाँ खेलाडी थप्ने बिषयमा खासै उल्लेख गरेनन् ।
‘नेयमारलाई बार्सिलोना फर्काउन ? पीएसजी उनलाई यस समरमा बेच्न चाहदैन ।’ क्लबका अध्यक्षले भने, ‘हामीले लौटारोको बिषयमा छलफल गरेका छैनौै । हामीले गत जुनबाट छलफल बन्द गरेका छौ । हेरौ के हुन्छ ।’