लिग वानकाे पहिलाे खेलनै स्थगित
मंगलबार, भदौ २, २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत नयाँ सिजनको पहिलो खेल स्थगित भएको छ ।
खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएसँगै मार्सेली र सेन्ट इटिनेबीच तय सिजनको पहिलो खेल स्थगित भएको हो ।
मार्सेली र सेन्ट इटिनेबीचको खेल शुक्रबार हुने तालिका रहेको थियो ।
तर, मार्सेलीका चार खेलाडीमा कोरोना पोजेटिभ देखिएपछि खेल स्थगित गरिएको हो ।
अब दुई टोलीबीचको खेल सेप्टेम्बरमा हुने बताईएको छ ।
मंगलबार मात्र मार्सेलीका थप तीन खेलाडीमा कोरोना देखिएको थियो ।
मार्सेलीले कोरोना पोजेटिभ हुने खेलाडीको नाम खुलाएको छैन ।
तर,फ्रेन्च मिडियाले गोलकिपर स्टिभ माण्डन्डा, म्याक्सीमि लोपेज र भ्यालेन्टिन रोन्गिर रहेको जनाएका छन् ।
यस अघि डिफेन्डर जोर्डन अमाभीलाई पनि कोरोना देखिएको थियो ।














