जोई हार्ट टोटेनहममा
मंगलबार, ०२ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब टोटेनहमले इंग्लिस गोलकिपर जोई हार्टलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले मंगलबार हार्टलाई अनुबन्ध जनाएको छ ।
३३ वर्षीय गोलकिपरले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेका छन् ।
टोटेनहमले फ्रि ट्रान्सफरमा गोलकिपर हार्टलाई अनुबन्ध गरेको हो ।
हार्टले २०१९/२० को सिजनको अन्त्यसँगै बर्नली छाडेका थिए ।
म्यानचेस्टर सिटीका पूर्व गोलकिपर हार्ट सन् २०१८ मा बर्नली आएका थिए ।
सिटीका लागि उनले दुई प्रिमियर लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।
इंग्ल्यान्डका लागि उनले ७५ क्याप खेलेका छन् ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


