खेलकुदकाे प्रशासनिक गतिविधि समेत ठप्प
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि घरेलु खेलकुदको प्रशासनिक गतिविधि समेत ठप्प भएको छ ।
कोरोना संक्रमणको कारण देखाउँदै सरकारले लागू गरेको लकडाउनका कारण चैतको पहिलो हप्ताबाट मैदान भित्रको खेलकुद गतिविधि बन्द अवस्थामा थियो ।
उपत्यकामा बढ्दो संक्रमणको दरसंगै खेलकुदको प्रशासनिक गतिविधि समेत ठप्प बनेको हो ।
घरेलु खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज (मंगलबार)बाट लागू हुने गरि अतिआवश्यक बाहेकका सम्पूर्ण प्रशासनिक गतिविधि बन्द गरेको छ ।
कोरोना भाईरस काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा ब्यापक रुपमा फैलिएर जन स्वास्थ्यमा ठुलो समस्याको रुपमा देखा परेको कारण देखाउँदै राखेपले अति आवश्यक काम बाहेक अर्को सुचना जारी नभएसम्मका लागि खेलकुद प्रतियोगिता, प्रशिक्षण तथा सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारबाही बन्द गरिएको जनाएको हो ।
‘परिषद्मा अब अति आवश्यक काम मात्र गर्ने हो । अरु काम लगभग बन्द जस्तै हुन्छ ।’ राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले खेलपाटीसंग भने, ‘जरुरी बाहेक अन्य सबै काम बन्द हुन्छ ।’
कोरोनाबाट सिंहदरबारको कार्यालयनै प्रभावित बनेपछि सरकारले सिंहदरबार प्रवेशमा समेत कडाई गरेको छ । अति आवश्यक काम बाहेक अन्य ब्यक्तिलाई सिंहदरबार प्रवेशमा रोक लगाईएको छ । जसका कारण युवा तथा खेलकुद मन्त्रालय सोमबार मात्र राखेपका नवनियुक्त बोर्ड सदस्यको शपथ त्रिपुरेश्वरस्थित केन्द्रिय कार्यालयमा आयोजना गरिएको थियो ।
नेपाल ओलम्पिक कमिटि (एनओसी)ले समेत अर्को सुचना जारी नभएसम्मका लागि केन्द्रिय कार्यालय अनिश्चित समयका लागि बन्द गरेको छ । परिक्षणको क्रममा दुई जना कर्मचारीमा कोरोना पुष्टि भएसंगै एनओसीले केन्द्रिय कार्यालय अनिश्चित समयका लागि बन्द गर्ने निर्णय गरेको हो ।
महासचिव निलेन्द्रराज श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि एनओसीका सम्पूर्ण प्रशासनिक कामहरु बन्द हुने खेलपाटीलाई बताएका छन् । एनओसी कार्यालयका दुई कर्मचारीमा कोरोना देखिएपछि पदाधिकारी समेत क्रसिद अवस्थामा छन् ।
कोरोनाको संक्रमण फैलिएसंगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले समेत केन्द्रिय ‘हेडक्वार्टर’ बन्द गरेको छ । सुरुवातमा एक हप्ताका लागि मात्र कार्यालय बन्द गर्ने निर्णय गरेपनि केही दिन थप लम्बिन सक्ने एन्फाका एक पदाधिकारीले खेलपाटीलाई बताए । एन्फाले प्रशासनिक काम सहित सम्पूर्ण गतिविधि तत्कालका लागि बन्द गर्ने भन्दै सूचना समेत जारी गरेको छ ।
घरेलु खेलकुदमा ठुला गतिविधि सञ्चालन गर्ने संघहरु एन्फा, क्यान र भलिबल संघले अनिश्चित समयसम्मका लागि खेलाडीको प्रशिक्षण तथा प्रतियोगिताका कार्यक्रम स्थगित गरेका छन् । प्रशिक्षण र प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरेका संघहरुले प्रशासनिक गतिविधि समेत तत्कालका लागि बन्द गरेका हुन् ।










-1765288879802.jpeg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)



