युनाइटेडको अवे जर्सी सार्वजनिक
शनिबार, ३१ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको लागि अवे जर्सी सार्वजनिक गरेको छ ।
युनाइटेडले २०२०/२१ को सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको हो ।
युनाइटेडले होम जर्सी भने यस अघि नै सार्वजनिक गरिसकेको छ ।
युनाइटेडको नयाँ जर्सी एडिडास कम्पनीले बनाएको हो । युनाइटेडले अघिल्लो सिजनको तुलनामा केहि फरक डिजाइनको जर्सी बनाएको छ ।
नयाँ सिजनको जर्सी बजारमा उपलब्ध भएको समेत युनाइटेडले जनाएको छ ।
यस सिजन युनाइटेड लिगको तेस्रो स्थानमा रहेको थियो ।
प्रिमियर लिगको नयाँ सिजन आगामी सेप्टेम्बर १२ बाट सुरु हुनेछ । सिजन २०२१ को मे २३ मा सकिनेछ ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


