एजेन्सी । इंग्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले लिभरपुलको ‘प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।
सन् २०१९/२० को सिजन लिभरपुलको उत्कृष्ट खेलाडी बन्दै हेन्डरसनले ‘प्लेयर अफ दि सिजन’ अवार्ड जितेका हुन् ।
हेन्डरसनले साडियो माने र ट्रेन्ड एलेक्जेन्डर आर्नोल्डलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
हेन्डरसनले यसै सिजन फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘प्लेयर अफ दि इयर’ अवार्ड समेत जितेका थिए ।
हेन्डरसनको नेतृत्वमा लिभरपुलले यस सिजन प्रिमियर लिगको उपाधि जितेको छ ।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक उपाधि जितेको हो ।
इंग्ल्यान्डका हेन्डरसनले यस सिजन सबैखाले प्रतियोगितामा ४० खेल खेल्दै ४ गोल र पाँच गोलका लागि असिस्ट गरेका थिए ।