एजेन्सी । इङ्ल्याण्ड, जर्मनी र स्पेनले यू–१७ महिला विश्वकप खेल्ने पक्का भएको छ ।
यूरोपेली फुटबल महासंघ (यूईएफए)ले जर्मन सहित तीन देशले युरोपबाट यू–१७ महिला विश्वकप खेल्ने पक्का भएको जनाएको हो ।
महिला विश्वकप सन् २०२१ मा नेपालको छिमेकी मुलुक भारतमा हुदैछ ।
यू–१७ महिला विश्वकपको छनोट युरोपमा कोरोनाका कारण स्थगित अवस्थामा छ । तर फिफा वरियताको शीर्ष स्थानमा रहेका टिमले सिधै विश्वकप खेल्न पाउने भएका हुन् ।

छनोट खेल स्थगित भएसंगै युरोपबाट तीन देशले विश्वकपमा सहभागीता जनाउने निश्चित भएको यूईएफएले जनाएको हो ।
वरियताका आधारमा शीर्ष तीन टिमले विश्वकपमा सिधै खेल्ने अवसर पाएका हुन् । स्पेन प्रतियोगिताको साविक विजेता रहेको छ ।
‘अन्तिम चरणको छनोट खेल कोरोनाले स्थगित भएको छ । शीर्ष वरियतामा रहेका तीन टिमले विश्वकपमा सहभागीता जनाउनेछन् ।’ यूईएफएले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।