‘नेयमार र एम्बाप्पेले पीएसजी छाड्ने छैनन्’

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का अध्यक्ष नासिर अल खालिफाले फरवार्डद्धय नेयमार र केलियन एम्बाप्पेले कहिल्यै क्लब नछाड्ने बताएका हुन् ।
च्याम्पियन्स लिग फुटबलमा एटलान्टाबिरुद्ध प्राप्त जितपछि पीएसजीका अध्यक्ष खालिफाले ब्राजिली स्टार नेयमार र फ्रान्सेली स्टार केलियन एम्बाप्पले पुरै करियर पीएसजीमा बिताउने बताएका हुन् ।
दुई फरवार्डले मुख्य भूमिका खेल्दा पीएसजीले नाटकीय जित सहित च्याम्पियन्स लिग फुटबलमा २५ बर्षमा पहिलो पटक सेमिफाईनल प्रवेश गरेको छ । खेलको अन्तिम ३० मिनेट मैदानमा देखिएका एमबाप्पे र नेयमार प्रेरित पीएसजीले एटलान्टाबिरुद्ध २–१ को पुनरागमन जित निकालेको हो ।
मार्किन्होसले बराबरी गोल गर्दै पीएसजीलाई खेलमा फर्काउन अघि नेयमारले गोलका केही सुन्दर अवसर गुमाएका थिए । एम्बाप्पले चौपो मोटिङले गरेको विजयी गोलका लागि फाईनल पास उपलब्ध गराएका थिए ।
पछिल्लो सिजनमा क्वार्टरफाईनलबाट बाहिरिदै आएको पीएसजीलाई बुधबार रातिको नतिजाले राहत मिलेको छ ।
‘सबैले पीएसजी च्याम्पियन्स लिगका लागि तयार छैन भनेका थिए । तर हामीले केही महान खेलाडीसंगै राम्रो सोच बनाएका थियौ ।’ अल खालिफाले भनेका छन् ।
‘हाम्रो लक्ष्य धेरै ठुलो छ । तर हामीले आजै फाईनलको बिषयमा सोचेका छैनौ । अहिले मात्र सेमिफाईनलबारे सोचेका छौ । हामीले मानसिक रुपमा आफुलाई परिवर्तन गर्न आवश्यक छ ।’ उनले भने ।
‘सबैले पीएसजीप्रति आशंका ब्यक्त गरे । च्याम्पियन्स लिगमा प्राप्त विजयीले अघि बढ्न प्रेरित गरेको छ ।’ उनले थपे ।
‘नेयमार र एम्बाप्पे विश्वका उत्कृष्ट खेलाडी हुन् । यो टिम हो, जो निकै राम्रो छ । नेयमार अझ विशेष छन् ।’ उनले थपे ।
‘पछिल्लो महिना उनले टिमलाई परिवर्तन गरेका छन् । उनीहरु दुवै टिममा रहन गईरहेका छन् । उनीहरुले कहिल्यै छाड्ने छैनन् ।’ खालिफाले भने ।
पीएसजी स्थापनाको ५० बर्षको बर्षगाँठमा च्याम्पियन्स लिगमा सेमिफाईनल पुग्ने सफलता हात पारेको हो । उनीहरुले गत मार्चमा बोरुसिया डर्टमण्डबिरुद्ध समेत पुनरागमन जित निकाल्दै अन्तिम ८ को यात्रा तय गरेका थिए ।
पीएसजीले अबरुद्ध सिजन पुन सुरु भएपछि पछिल्लो तीन खेल खेलेको छ । तीन खेलमा जित निकालेको छ । दुई उपाधि समेत जितेको छ । तेस्रो उपाधिबाट मात्र दुई खेल टाढा छ ।
‘क्लबको ५० बर्षको अवसरमा यो निकै सुन्दर साँझ रहेको छ ।’ उनले भने, ‘लिग सिजन अन्त्य गर्न सहज थिएन । हामीले मैदानमा सबै चिज दिएका थियौ ।’
‘म निकै गर्व गर्छु । हामीले सन् २०११ मा पहिलो पटक क्लबको नेतृत्व गरेपछि क्लब सेमिफाईनल पुगेको छ । हामी तत्काल सेमिफाईनलबारे सोचेका छौ । फाईनलमा ध्यान गएको छैन ।’ उनले भने ।
पीएसजीले फाईनल प्रवेशका लागि बिहिबार एट्लेटिको मड्रिड र आरबी आईपेजिंगसंग प्रतिस्पर्धा गर्नेछ ।