माटुडीले युभेन्ट्स छाड्ने
२०२० अगस्ट १३, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । मिडफिल्डर ब्लेइस माटुडीले सिरि ए क्लब युभेन्ट्स छाड्ने भएका छन् ।
३३ बर्षका फ्रान्सेली मिडफिल्डर पछिल्लो समय मेजर लिग सकर क्लब ईन्टर मियामीसंग जोडिएका छन् ।
माटुडी र युभेन्ट्स सम्झौताको अन्तिम बर्ष अन्त्य गर्न सहमत बनेका छन् । पछिल्लो सिजन माटुडीले सबै प्रतियोगितामा ४५ खेल खेलेका थिए ।
ईन्टर मियामीले डब्यु सिजनमा सबै पाँच खेल गुमाएको छ ।
मटुडीलाई युभेन्ट्सले सन् २०१७ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट अनुबन्धन गरेको थियो ।
ईग्ल्याण्ड र म्यान्चेष्टर युनाईटेडका पूर्व खेलाडी डेबिड बेकह्यामले माटुडीलाई अनुबन्धन गरेमा उनी अमेरिकन फ्रेन्चाईज टिमको सबैभन्दा उच्च स्तरको खेलाडी बन्नेछन् ।