नेयमार 'म्यान अफ द म्याच'

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले म्यान अफ दी म्याच अवार्ड प्राप्त गरेका छन् ।
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा ईटालियन क्लब एटलान्टाबिरुद्ध उत्कृष्ट प्रर्दशन गरेका नेयमारले म्यान अफ दी म्याच चुनिएका हुन् ।
पीएसजीलाई पछिल्लो २५ बर्षको ईतिहासमा पहिलो पटक सेमिफाईनल पुर्याउन नेयमारले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए ।
नेयमार प्रेरित पीएसजीले एटलान्टालाई २–१ गोल अन्तरले हराएको हो ।
पीएसजीका दुवै गोलमा नेयमारले भूमिका खेलेका थिए ।
खेलको अन्तिम मिनेटमा उनैले निकालेको पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
नेयमारकै पासमा केलियन एम्बाप्पेले निकालेको क्रममा चोपो मेटिङले गोल गर्दै पीएसजीलाई पुनरागमन जित दिलाएका थिए ।
खेलमा दुई गोलको अवसर खेर फालेपनि नेयमारले पीएसजीलाई खेलको अन्तिम मिनेटमा जित दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए ।
याे पनि, नेयमार, पीएसजी र नियती !