डी लिग्ट तीन महिना मैदान बाहिर
बुधबार, साउन २८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्ट तीन महिना मैदान बाहिर रहने भएका छन् ।
दाहिने कुमको चोटको शल्यक्रिया गरेपछि डी लिग्ट तीन महिना मैदान बाहिर रहने भएका हुन् ।
युभेन्ट्सले बुधबार डी लिग्टको सफल शल्यक्रिया भएको र पूर्ण रुपमा ठिक हुन तीन महिना लाग्ने जनाएको छ ।
युभेन्ट्सले रोममा उनको शल्यक्रिया गरिएको जनाएको छ ।
तीन महिना बाहिर रहने भएपछि डच डिफेन्डर डी लिग्टले सिरी 'ए' को नयाँ सिजनको सुरुवाती खेल गुमाउने छन् ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


