मंगलबार, १७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेयमार, पीएसजी र नियती !

बुधबार, २८ श्रावण २०७७खेलपाटी संवाददाता
नेयमार, पीएसजी र नियती !
Loading ad...
mustang rice ad

एजेन्सी । धेरै मानिस एकपटक यस्तै अवस्थाबाट गुज्रिन्छन्, जब उनीहरु इतिहास बनाउने वा इतिहासमै हराउने सामर्थ्य राख्दछन् ।

जब सपना र हैसियतको युद्ध हुन्छ, जब हामी विकल्पै विकल्पको मैदानमा पुग्छौ । त्यसबखत समाईने एक पाईलाले जीवन निर्धारण गर्दछ ।

ब्रजिलियन स्टार नेयमार अहिले सोही अवस्थामा छन् ।

२१ औँ शताब्दीका फुटबलर जसले धेरै बाचा गरेका छन्, सानैदेखि फुटबलको नशा आफुमा चढाएका छन् । जो सबैको नजरको केन्द्रबिन्दु छन्, उनै नेयमार आफ्नो जिवनको महत्वपूर्ण बिन्दुमा छन् ।

उनी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा निरन्तर एउटै बिन्दुमा घुमिरहेका छन् । उनी एक पटक यस प्रतियोगिताका विजेता त हुन्, तर उनलाई त्यसबेला दक्षिण अमेरिकी मित्रद्वय लियोनेल मेस्सी र लुइस सुआरेजको साथ थियो । अघिल्ला दुई पटक उनलाई लिगको बिजेता बन्न भाग्यले समेत साथ दिएन ।

सन् २०२० को तेस्रो प्रयास उनका लागि कत्तिको भाग्यशाली छ, त्यो हेर्न बाँकी छ । अबको ३ खेलले उनको भाग्य दर्शाउनेछ ।

‘यो वर्ष उनले आफ्नो जादु देखाउन सक्छन् । अबका ३ खेलले सबै निर्धारण गर्नेछ । मलाई लाग्दैन नेयमारले फेरी यस्तो अवसर हात पार्नेछन् ।’ ब्रजिलियन फुटबल पत्रकार फर्नाण्डो कलास भन्छन् । 

Video: Neymar's Spectacular Goal vs. Nantes Called Off After VAR ...

‘खेल इतिहासकै सबैभन्दा ठूलो गल्ती’

सन् २०११ जुनमा कतारका लगानीकर्ताले पेरिसको क्लबमा लगानी गरेपछि उनीहरुको अन्तिम लक्ष्य भनेकै युरोपको महादेशिय फुटबलमा राज गर्नु थियो ।

घरेलु रुपमा यो समय पेरिसका लागि निकै फलदायी रह्यो । उनीहरुले ७ पटक लिग जित्दा ५ पटक फ्रेन्च कप जिते । यस्तै ६ सिजनमा ४ 'ट्रेबल' उपाधि जित्न सके ।

युरोपको सर्वाधिक ठुलो प्रतियोगितालाई साँचो मान्ने हो भने पेरिस क्लबले अझैसम्म त्यसको चाबी खोज्न सकेको छैन । उनीहरुले ७ पटक प्रयास गरिसकेका छन् । तर हरेक पटक उनीहरुले केबल हार भोगे, अन्तिम पटकका भन्दा नमिठा हार ।

सन् २०१७ अगस्टमा बार्सिलोनाबाट विश्व कीर्तिमानि मुल्य २ सय ६३ मिलियन अमेरिकी डलर खर्च गरेर पेरिसले नेयमारलाई अनुबन्ध गरेको थियो । उनलाई अनुबन्ध गर्नुको मुख्य उद्देश्यनै च्याम्पियन्स लिग जित्नु थियो ।

नेयमार त्यसपछि मेस्सी र स्वारेजको सहयोगीबाट आफ्नै यात्राका चालक भएका छन् । उनले अब उत्कृष्ट हुने यात्राका लागि ‘लाइसेन्स’ पाएका छन् ।

तर नेयमारको यो अनुबन्धनलाई कसैले ‘गेम चेन्जर’को रुपमा लिने गरेका छन् । कलास समेत सोही भनाइलाई साथ दिँदै सो अनुबन्धलाई ‘फुटबल इतिहासकै सबैभन्दा ठूलो गल्ती’को संज्ञा दिन्छन् ।

Neymar has had a bad game if he only scores one goal, says PSG ...

‘प्रेम–घृणाको नाता’

पेरिस आएको ३ बर्ष भएको उपलक्ष्यमा नेयमारले लेखेका थिए, ‘यो सबै जानजान आएको हो, म आफ्नो इच्छाले यहाँ आएँ । मैले यहाँ खुशीका समय बिताएको छु । र केही दुखद पनि ।’

उनले पेरिसका समर्थकको मन जिते, तर बिस्तारै उनी घृणित बने र अहिले उनले समर्थकसँग औसत सम्बन्ध बनाएका छन् ।

गत सिजन बार्सिलोनाले नेयमारलाई क्याम्प नाउ लैजान चाहेको थियो । तर त्यो प्रयास बिफल बन्यो । यसले पेरिसमा नेयमारको सम्बन्धलाई झनै तताइदिएको थियो ।

प्रेम–घृणाको यो चक्र सन् २०१९–२० मा चरम बिन्दुमा देखिएको थियो । उनलाई समर्थकहरुले खेल अवधिभर गाली–गलौज तथा अपशब्द प्रयोग गरे । तर खेल सकिन केही समय बाँकी रहँदा उनले ‘बाइसाइकल किक’बाट विजयी गोल गरे । तब आधा समर्थक उनको प्रशंसा गर्न थाले भने आधा मौन बसे ।

त्यसपश्चात पेरिसको यो शीतयुद्ध भविष्य राम्रो गराउन वर्तमान स्विकार्नु पर्ने बोध भएपछि केही हदसम्म रोकिएको छ ।

‘नेयमारले मैदान बाहिर र भित्र यस योजनाप्रति समर्पित देखिन्छन् । उनले आफू पेरिस सेन्ट जर्मेन (पीएसजी)को खेलाडी हुनुमा खुशी मनाउनु पर्छ र च्याम्पियन्स लिग जित्न सक्दो प्रयास गर्नु पर्छ ।’ फ्रेन्च फुटबल विश्लेषक जोनाथन जोन्सन बताउँछन् ।

नेयमारको फुटबल बाहिरको जीवन समेत चर्चामा आउने गरेको छ । समस्या देखिने गरेका छन् तर उनले ती सबै पार गर्दै आएका छन् ।

गतवर्ष उनलाई ब्रजिलियन मोडेलमाथि बलात्कार तथा दुर्व्यवहार गरेको आरोपमा सफाइ दिइएको थियो । यस वर्ष उनी आफ्नो जन्मदिनको पाटीको दुई दिन पश्चात लिग खेल गुमाउन बाध्य भएका थिए ।

‘ब्राजिलमा एउटा भनाइ छ । उनी अन्त्यहिन वाचा हुन् । उनलाई बालक नेयमार भनिन्छ । उनी ब्रजिलियन भनाइ अनुसार युवक होइनन् तर उनी युवक बन्नु पर्छ । उनी अब माथी उठेर सोच्नु पर्छ ।’ कलासले भने, ‘उनी मैदानमा हुँदा सधैं आफ्नो शतप्रतिशत दिन्छन् । मैले आजसम्म कुनै पनि प्रशिक्षकबाट उनी बारे नराम्रो सुनेको छैन ।’

सन् २०१८ र २०१९ को सिजनमा उनी घाइते बने । उनी घाइते भएपछि रियल मड्रिड र म्यान्चेस्टर युनाइटेडले पिएसजीलाई प्रतियोगिताबाट नकआउट गरिदिए ।

‘यसले उनको आगामी यात्रालाई झनै महत्वपूर्ण गराइदिन्छ । विगतका विफलतामा उनको उपस्थिती नहुनुले अबको यात्रामा उनलाई सबैको नजरमा पारिदिएको छ ।’ जोन्सनले भने ।

PSG's Neymar-Mbappé Era Will End Soon, but There Is Still Time for ...

कोभिड–१९ को महामारीले प्रतियोगिताको ढाँचा बदलिदिएको छ । दुई लेगको नकआउट खेल एक लेगको गराईएको छ । यो पिएसजीका लागि फाइदाजनक हुन सक्छ । कभानीको अनुपस्थिती र एम्बाप्पे घाईते हुनुले झनै नेयमारको काँध भरिएको छ ।

प्रतियोगिताको क्वाटरफाइनलमा एटलान्टालाई र सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई पराजित गरे ‘विनर टेक्स अल’ फाइनलमा के हुन्छ, कसैले सोच्न सक्दैन ।

जोन्सनलाई यो वर्ष विगतका विफलता भुलेर कतारी लगानीकर्ताको उद्देश्य पूरा हुन सक्ने जस्तो लाग्दछ । यस्तै, कलासलाई भने यो सिजन नेयमारको पेरिसमा बाँकी २ बर्षको समयलाई निर्धारण गर्ने सिजन लाग्दछ ।

नेयमारको सम्झौता सन् २०२२ मा सकिँदै छ र सोही वर्ष कतारमा हुने विश्वकप, जुन उनको ब्रजिलियन जर्सीमा अन्तिम प्रतियोगिता बन्न सक्छ । त्यसबेला सम्मका लागि यो समय उनको लागि ‘गर या मर’को अवस्था रहेको छ ।

‘हामीले सधै यो बर्ष उनको हो भन्छौं, तर अझैसम्म त्यो हुन सकेको छैन । उनी अहिले २८ वर्ष पुगिसके । उनी यतिबेला आफ्नो करिअरको महत्वपूर्ण अवस्थामा हुनुपर्दथ्यो, तर उनी छैनन् । यो उनको लागि अन्तिम मौका हो ।’ कलास विश्लेषण गर्छन् ।

पीएसजीले आफ्नो यात्रामा अनगिन्ती ‘ट्विस्ट’ भोगेको छ । विफलतामा दुख भोगेको छ, क्रोधित समर्थक देखेको छ । तर अब यस क्लबको सुखदायी अन्त्यको कथा लेख्ने जिम्मा क्लबका ‘हिरो’ नेयमारको हातमा छ ।

-सीएनएनबाट अनिष भट्टराईको अनुवाद

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित