एजेन्सी । फ्रान्सेली स्टार केलियन एम्बाप्पे च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा एटलान्टाविरुद्धको खेलमा फर्कन सक्ने बताईएको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार एम्बाप्पे खुट्टाको चोटबाट निको हुँदै मैदान फर्कने तयारीमा छन् । प्रशिक्षक थोमस टुचेलले कुनै ठुलो समस्या नभएमा एम्बाप्पे एटलान्टाबिरुद्ध खेल्न सक्ने बताएका छन् ।
पछिल्लो समय टुचेलले एम्बाप्पेलाई ईटालियन क्लबबिरुद्ध बेन्चमा राखिने बताएका थिए ।
‘एम्बाप्पेको साथमा खेल सक्ने सम्भावनालाई लिएर हामी खुसी छौ ।’ टुचेलले भनेका छन् ।
‘एम्बाप्पे फर्कदा नेयमारलाई उनी जस्तै खेल्ने ब्यक्ति प्राप्त हुनेछ ।’ उनले थपेका छन् ।
फ्रान्सेली विश्व विजेता टोलीका सदस्य एम्बाप्पेले जुलाई २४ मा फ्रेन्च कपको फाईनलमा चोट बोकेका थिए । सेन्ट एटियनबिरुद्ध खेल्दा उनले पैतलामा चोट लागेको थियो ।
च्याम्पियन्स लिगको अन्तिम ८ मा मैदान उत्रने पीएसजीको टोलीमा एम्बाप्पे समेत समावेश छन् ।
कतारी लगानीकर्ताले क्लबको नेतृत्व लिएको दशक बितेपछि पीएसजीले युरोपियन च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गर्न सकेको छैन ।
नेयमार प्रेरित पीएसजीले प्रि–क्वार्टरफाईनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराउँदै प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको हो ।