एजेन्सी । युक्रेनी क्लब शख्तर डोनेस्क युरोपा लिग फुटबलको अन्तिम ४ मा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा बासेलमाथि ४–१ को जित निकाल्दै शख्तर प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको हो ।
बासेलमाथि एकतर्फी जित निकाल्ने क्रममा शख्तरले सुरुवातबाटै खेलमा दबाब बनाएको थियो ।

खेलको दोस्रो मिनेटमा जुनियर मोरासोमोरासले शख्तरलाई अग्रता दिलाएका थिए ।
टाईसनले २२ औ मिनेटमा शख्तरको अग्रतालाई दोब्बर बनाउने काम गरे ।
७५ औं मिनेटमा लोरिन्सोले पेनाल्टीमार्फत युक्रेनी क्लबलाई ३–० को अवस्थामा पुर्याएका थिए ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ डोस सान्तोषले शख्तरका लागि चौथो गोल गरेका थिए ।
खेलको ईन्जुरी समयमा रिकी भान वोल्फ्सविंकलले बासेलका लागि एक गोल फर्काएका थिए ।
शख्तरले सेमिफाईनलमा ईन्टर मिलानसंग मंगलबार खेल्नेछ ।