उल्भ्सलाई हराउँदै सेभिया सेमिफाईनलमा

एजेन्सी । स्पेनिस क्लब सेभिया युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेभिया अन्तिम ४ मा प्रवेश गरेको हो ।
बराबरीतर्फ उन्मुख खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा उल्भ्सले पराजय भोग्यो ।
खेलको ८८ औ मिनेटमा एभर बनेगाको क्रसलाई सदुपयोग गर्दै लुकास ओकम्पोसले हेडमार्फत सेभियालाई जित दिलाएका हुन् ।
सेभियाले अब फाईनल प्रवेशका लागि आईतबार राति अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसंग प्रतिस्पर्धा गर्नेछ ।

नुनो एस्पिरिटो सेन्टो नेतृत्वको उल्भ्सले सुरुवातमै खेलमा अग्रता लिने अवसर पाएको थियो । उल्भ्सका राहुल जिमेनेजको पेनाल्टी प्रहारलाई सेभियाका गोलकिपरले बचाएका थिए ।
उल्भ्स अर्को सिजन युरोपा लिगमा हुने छैन । उसले सातौ स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गरेको थियो ।
५ पटकको सेभिया पछिल्ला १९ खेलमा अपराजित छ । उसले आईतबार प्रशिक्षक आले गुनर सोल्सायरको क्लब म्यान्चेष्टर युनाईटेडलाई चुनौती दिनेछ ।









-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
