एजेन्सी । स्पेनिस क्लब भिल्ला रियलले ला लिगा च्याम्पियन रियल मड्रिडका युवा खेलाडी ताकेफुसा कुबोलाई लोनमा अनुबन्ध गरेको छ ।
जापानी युवा स्टारलाई भिल्लाले रियलबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ ।
भिल्लाले सोमबार कुबोलाई एक सिजनका लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
यस्तै रियलले कुबोलाई २०२१ को ३० जुनसम्मको लागि लोनमा भिल्ला पठाईएको जनाएको छ ।

जापानिज मेस्सीको नाममा परिचित १९ वर्षीय कुबोले गत सिजन मालोर्काबाट खेलेका थिए ।
तर, पहिलो सिजन नै मालोर्का रेलिगेसनमा परेको थियो ।
स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट गत सिजन रियल आएका थिए ।
जापानको राष्ट्रिय टोलीमा हालै डेब्यु गरेका कुबो कोपा अमेरिका खेल्ने जापानिज टोलीमा रहेका थिए ।
अट्याकिङ मिडफिल्डर कुबोले जुन ९ मा भएको एल साल्भाडोरविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।