• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Asian Games 2018
  • गृहपृष्ठ
  • Asian Games 2018
एसियन गेम्स : टिम स्पर्धामा पदक जित्ने पहिलो खेल प्याराग्लाइडिङ, यसअघि कुन कुन खेलले जिते पदक ?
खेलपाटी संवाददाता
बुधबार, भदौ १३, २०७५ खेलपाटी संवाददाता
एसियन गेम्स : टिम स्पर्धामा पदक जित्ने पहिलो खेल प्याराग्लाइडिङ, यसअघि कुन कुन खेलले जिते पदक ?

काठमाडौं । एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्समा नेपालले पहिलो संस्करणबाटै सहभागिता जनाउदै आएको छ । तर, नेपालको कुनैपनि संस्करणको प्रदर्शन सम्झन लायक छैन् ।

इन्डोनेसियामा अहिले १८ औं संस्करणको एसियन गेम्स जारी छ । यस संस्करणमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । तर, नेपालले एसियन गेम्सको १२ औं दिनमा आएर बुधबार एक रजत पदक जितेको छ ।

प्याराग्लाइडिङको क्रस कन्ट्री अन्तर्गत पुरुष टिमले नेपाललाई महत्वपूर्ण रजत पदक दिलाउन सफल भएको हो । पाइलट विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिमले रजत पदक जितेको हो । नेपाली टिममा विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।

एसियन गेम्समा प्याराग्लाइडिङले जितेको यो सर्वाधिक दोस्रो ठुलो पदक हो । यो नेपालले २० बर्षपछि जितेको पहिलो रजत समेत हो । समग्रमा नेपालले जितेको यो २४ औं पदक हो । यसअघि नेपालले एक पटक मात्र रजत जितेको छ ।  त्यसबाहेक नेपालले हालसम्म कास्य पदक मात्र जितेको छ ।

एसियन गेम्समा प्याराग्लाइडिङ पहिलोपटक समावेश गरिएको थियो । र, नेपालले सहभागिता जनाएको २९ खेल मध्ये प्याराग्लाइडिङबाट पदकको आश गरेको थियो । जस अन्तर्गत नै प्याराग्लाइडिङले इन्डोनेसियामा नेपाललाई पहिलो पदक दिलाउन सफल भयो ।

प्याराग्लाइडिङमा जितेको यो पदक नेपालले टिम स्पर्धामा जितेको पहिलो पदक समेत हो । यसअघि नेपालले सबै पदक एकल स्पर्धामा जितेको थियो ।

सन् १९५१ मा भारतमा सम्पन्न पहिलो संकरणकै एसियन गेम्सबाट नेपालले प्रतिस्पर्धा सुरु गरेको थियो । र, नेपालले एसियन गेम्सको १० औं संकरणमा आएर पदकको खडेरी अन्त्य गरेको थियो । दक्षिण कोरियामा भएको सन् १९८६ को एसियन गेम्समा नेपालले ८ कास्य जितेको थियो । जसमा तेक्वान्दो र बक्सिङले समान ४ – ४ पदक जितेको थियो ।

प्याराग्लाइडिङको पदकसंगै नेपालले १८ औं संस्करणसम्म २४ पदक भित्राउन सफल भएको छ । एसियन गेम्समा नेपाललाई पदक दिलाउन चौथो खेल बनेको छ, प्याराग्लाइडिङ । यसअघि नेपाललाई तेक्वान्दो, बक्सिङ र करातेले मात्र पदक दिलाउन सफल भएको छ ।

तेक्वान्दोकी सबिता राजभण्डारीले थाइल्याण्डको बैंककमा भएको सन् १९९८ को एसियन गेम्समा रजत जितेकी थिइन् । जुन नेपालले जितेको उच्च पदक अहेको थियो । अन प्याराग्लाइडिङ त्यसमा थपिएको छ ।  

एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो हो । तेक्वान्दोले १३ कास्य र १ रजत जितेको छ । यस्तै बक्सिङले ६ कास्य जित्दा करातेले ३ कास्य जितेको छ ।

हालसम्म नेपालका कुन खेलाडीले कहिले, कहाँ  र कुन पदक जिते ?  तालिका हेर्नुस :

 

मिति

खेलाडीको नाम

खेल

पदक

आयोजक

सन् १९८६

स्व. दल बहादुर राना मगर

बक्सिङ

कास्य

दक्षिण कोरिया, सोउल

सन् १९८६

तुल बहादुर थापा

बक्सिङ

कास्य

दक्षिण कोरिया, सोउल

सन् १९८६

सुशिल पोखरेल

बक्सिङ

कास्य

दक्षिण कोरिया, सोउल

सन् १९८६

मनोज बहादुर श्रेष्ठ

बक्सिङ

कास्य

दक्षिण कोरिया, सोउल

सन् १९८६

राज कुमार राई

तेक्वान्दो

कास्य

दक्षिण कोरिया, सोउल

सन् १९८६

विधान लामा

तेक्वान्दो

कास्य

दक्षिण कोरिया, सोउल

सन् १९८६

राजकुमार घर्ती क्षेत्री

तेक्वान्दो

कास्य

दक्षिण कोरिया, सोउल

सन् १९८६

राजकुमार बुढाथोकी

तेक्वान्दो

कास्य

दक्षिण कोरिया,सियोल

सन् १९९०

चित्र बहादुर गुरुङ

बक्सिङ

कास्य

चीन, बेईजिङ

सन् १९९४

मान बहादुर शाही

तेक्वान्दो

कास्य

जापान, हिरोसिमा

सन् १९९४

सिता राई

कराते

कास्य

जापान, हिरोसिमा

सन् १९९८

सबिता राजभण्डारी

तेक्वान्दो

रजत

थाइल्याण्ड, बैंकक

सन् १९९८

रजत किशोरश्रेष्ठ

तेक्वान्दो

कास्य

थाइल्याण्ड, बैंकक

सन् १९९८

सपना मल्ल

तेक्वान्दो

कास्य

थाइल्याण्ड, बैंकक

सन् १९९८

समर बहादुर गोले

कराते

कास्य

थाइल्याण्ड, बैंकक

सन् २००२

दिपक बिष्ट

तेक्वान्दो

कास्य

दक्षिण कोरिया, बुसान

सन् २००२

रेनुका मगर

तेक्वान्दो

कास्य

दक्षिण कोरिया, बुसान

सन् २००२

ऋतु जिमी राई

तेक्वान्दो

कास्य

दक्षिण कोरिया, बुसान

सन् २००६

दिपक बिष्ट

तेक्वान्दो

कास्य

कतार, दोहा

 

सन् २००६

मनिता शाही

तेक्वान्दो

कास्य

कतार, दोहा

सन् २००६

आयसा शाक्य 

तेक्वान्दो

कास्य

कतार, दोहा

सन् २०१०

दिपक महर्जन

बक्सिङ

कास्य

चीन, गोन्जाउ

सन् २०१४

बिमला तामाङ

 कराते

कास्य

दक्षिण कोरिया, इन्चोन

सन् २०१८  

विमल अधिकारी

विजय गौतम

सुशिल गुरुङ

युकेश गुरुङ

विशाल थापा

प्याराग्लाइडिङ

(पुरुष टिम)

रजत

रजत

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संकटा 'ए' डिभिजन लिगको उपविजेता
संकटा 'ए' डिभिजन लिगको उपविजेता
‘सुन नभएको स्वर्णकाल’
‘सुन नभएको स्वर्णकाल’
पदक विजेता खेलाडीलाई राखेपको सम्मान
पदक विजेता खेलाडीलाई राखेपको सम्मान
एसियन गेम्स : एक रजतमा रमायो नेपाल
एसियन गेम्स : एक रजतमा रमायो नेपाल
एसियन गेम्स भलिबल : किर्गिस्तानले  नखेल्दा नेपाललाई १५ औं वरीयता
एसियन गेम्स भलिबल : किर्गिस्तानले नखेल्दा नेपाललाई १५ औं वरीयता
एसियन गेम्स : पुनम पराजित, जुडोको चुनौती समाप्त
एसियन गेम्स : पुनम पराजित, जुडोको चुनौती समाप्त
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP