एजेन्सी । उल्भ्सका डिफेन्डर जोनी कास्ट्रो ओट्टोले युरोपा लिग अन्तर्गतको बाँकी खेलहरु गुमाउने भएका छन् ।
एसीएल लिगामेन्ट चोटको कारण जोनीले युरोपा लिगको बाँकी खेल गुमाउने भएका हुन् ।
उल्भ्सले युरोपा लिगको क्वाटरफाइनलमा सेभियासँग अगस्ट १२ मा खेल्नेछ ।
स्पेनिस डिफेन्डर जोनीले युरोपा लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगको दौरान चोट बोकेका थिए ।
दोस्रो लेगमा ग्रिसको ओलम्पियाकोजलाई १-० ले पराजित गर्दै उल्भ्स समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो ।
उल्भ्स ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा पुगेको हो । यस अघि उल्भ्स सन् १९७२ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।