एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ) ले च्याम्पियन्स लिग खेल्ने टोलीमा फरवार्ड केलियन एमबाप्पेलाई समावेश गरेको छ ।
पीएसजीले च्याम्पियन्स लिग खेल्ने २८ सदस्सीय टिममा चोटका कारण मैदान बाहिर रहेका एमबाप्पेलाई पनि राखेको हो ।
२१ वर्षीय एमबाप्पेले फ्रेन्च कपको फाइनल खेल दौरान एन्कलको चोट बोकेका थिए । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए ।
विपक्षी टिमको डिफेन्डरको खराब ट्याकलको कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए । एमबाप्पेको चोट निको हुन कम्तिमा ३ साता लाग्ने बताईएको छ ।
चोटको बाबजुत पीएसजीले एमबाप्पेलाई टिममा राखेको हो ।
तर, एमबाप्पेले पोर्चुगलको लिस्बनमा अगस्ट १२ मा हुने एटलान्टासँगको क्वाटरफाइनल खेल भने गुमाउने छन् ।
पीएसजीले जित निकालेमा एमबाप्पे अगस्ट १८ मा सेमिफाइनल खेलबाट भने मैदान फर्कन सक्ने बताईएको छ ।
यस्तै मार्को भेराट्टी समेत टिममा अटाएका छन् ।