एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसंग खेल्दैछ ।
म्युनिखको एलिनाज एरिनामा हुने दोस्रो लेगको खेलमा घरेलु टोलीलाई ३–० को अग्रता प्राप्त हुनेछ ।
स्टामफोर्डब्रिजमा भएको पहिलो लेगको खेलमा बायर्नले सो अग्रता बनाएको हो ।
जर्मन क्लबबिरुद्ध दोस्रो लेगमा उत्रदै गर्दा लण्डन क्लब चेल्सीले अविश्वसनीय जित निकाल्न आवश्यक हुनेछ । त्यसका लागि फ्रान्क लाम्पार्ड नेतृत्वको चेल्सीले आफुमाथि पुनरागमन गर्न सक्ने विश्वास बनाउन जरुरी छ ।
/cdn.vox-cdn.com/uploads/chorus_image/image/66371585/1084742336.jpg.0.jpg)
उनले शनिबार राति बायर्नबिरुद्ध उत्रनु अघि केही विशेष गर्नका लागि अवसर आफ्ना अघि आएको प्रतिक्रिया दिएका छन् ।
उनलाई मिडफिल्डर एनगोलो कोन्टे र रुबिन लोफ्टस चिकको आगमनले राहत दिनेछ ।
'मलाई विश्वास छ, हामी गर्न सक्नेछौ । नत्र म यहाँ हुने थिईन् ।' लाम्पार्डले भनेका छन् ।
'हामीले विश्वास गर्छ जरुरी छ । यो खेललाई अघि लैजान खेलाडीमा अझ बढी विश्वास हुनपर्छ ।' उनले थपे ।
'यो निकै कठिन कार्य हो । यसमा कुनै शंका छैन । यो निकै कडा चुनौती हुनेछ । तर खेलले कोण बदल्न सक्छ । केही प्रसिद्ध खेल, महान खेल । हामीमा विश्वास हुन आवश्यक छ, केही बिशेष गर्न हामीसंग अवसर छ ।' उनले भने ।
चोटका कारण चेल्सीले क्रिस्टियन पुलिसिक, पेड्रोलाई गुमाउनेछ । दुवैले एफ ए कपको फाईनलमा गम्भिर चोट बोकेका थिए । पेड्रोले यस सिजनसंगै चेल्सी छाड्दैछन् । उनको यसै हप्ता सफल सल्यक्रिया भएको थियो ।
ब्राजिली स्टार विलियनले समेत बायर्नबिरुद्धको खेल गुमाउनेछन् । उनले एफ ए कपको फाईनल समेत खेलेका थिएनन् ।
३२ बर्षका विलियन क्लबको सम्पर्क बाहिर छन् । उनी आर्सनलसंग अनुबन्धनको नजिक छन् ।