एजेन्सी । रियल मड्रिडका डिफेन्डर राफायल भरानले च्याम्पियन्स लिगमा रियल मड्रिडले ब्यहोरेको हारको जिम्मेवारी लिएका छन् ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा म्यान्चेष्टर सिटीसंग पराजित हुदै रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा दुई गम्भिर गल्ती गरेका भरानले हारको मुख्य जिम्मेवारी आफुले लिने बताएका हुन् ।
शुक्रबार सिटीबिरुद्धको खेलमा रियल २–१ ले पराजित हुँदै समग्रमा ४–२ को हारको नतिजा सहित प्रतियोगिताबाट बाहिरिएको थियो ।
रियल मड्रिडबाट सुरुवाती तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेका प्रशिक्षक जिदान पहिलो पटक नकआउट चरणबाट बाहिरिएका हुन् ।
करिम बेन्जिमाले बराबरी गोल फर्काएपनि रहिम स्टर्लिङ र ग्याब्रियल जिससले रियललाई निराश बनाएका थिए ।
दुई गोल भरानको गल्तीमा सम्भव भएको थियो । निलम्बनका कारण मुख्य सेन्टर ब्याक सर्जियो रामोस थिएनन् ।
फ्रान्सका अन्तराष्ट्रिय डिफेन्डरले गल्तीलाई अस्विकार गर्ने प्रयास गरेनन् । किनकी ईतिहादमा ९० मिनेट रियलको हार उनकै वरिपरि घुमेको थियो ।

‘यो हार मेरो कारण भएको हो । म यसलाई स्विकार गर्छु ।’ उनले खेल लगत्तै भने ।
‘यो हारको जिम्मेवारी म लिन्छु । हामीले निकै राम्रो तयारी गरेका थियौ । तर गल्तीको मुल्य चुकाउनुपर्छ । म साथीहरुसंग माफी माग्न चाहन्छु ।’ उनले भनेका छन् ।
जिनेदिन जिदानले बार्सिलोनाको दबदबालाई तोड्दै स्पेनिस लिगको उपाधि रियललाई जिताएका थिए । तर डिफेन्डरको ठुलो गल्तीको मुल्य रियलले च्याम्पियन्स लिगमा चुकाउनुपर्यो ।

‘हामी भरानलेलाई भन्नेछौ, आफ्नो शिर माथि राख ।’ खेल लगत्तै जिनेदिन जिदानले भनेका थिए ।
म यस बिषयमा ध्यान दिन चाहन्छु । मेरा अधिकांश खेलाडीले सिजनको दौरान जे हासिल गरे, त्यो निकै शानदार थियो ।’ जिदानले भनेका छन् ।
‘हाम्रो सिजन निकै राम्रो रह्यो । हामीले राम्रो नतिजा सहित सिजन अन्त्य गरेनौ । तर पुरै सिजन राम्रो रह्यो । हामीले जे गर्यौ, म खुसी छु ।’ उनले भने ।