'रोनाल्डो जस्तै बन्न चाहन्छु'

एजेन्सी । म्यानचेस्टर सिटीका फरवार्ड ग्राबियल जिससले आफ्नो लक्ष्य ब्राजिलियन लेजेण्ड रोनाल्डो जस्तै बन्नु रहेको बताएका छन् ।
सिटीलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्र्याउन निर्णायक गोल गरेपछि जिससले आफु विश्वकप विजेता रोनाल्डो जस्तै बन्ने लक्ष्यमा रहेको बताएका हुन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीले रियललाई २-१ ले हराएको थियो । जसमा ब्राजिलियन फरवार्ड जिससले निर्णायक गोल गरेका थिए ।
सिटीले समग्रमा ४-२ को जितसहित अन्तिम आठको यात्रा तय गरेको थियो ।
'तपाईलाई थाहा छ म महान स्ट्राइकर बन्न काम गरिरहेको छु । हरेक दिन कडा महेनत गर्दछु रोनाल्डो जस्तै स्ट्राइकर बन्नका लागि,' बिटी स्पोर्ट्ससँग जिससले भने, 'मलाई थाहा छ उनको गुणस्तर मेरो भन्दा फरक छ । तर, महान स्ट्राइकर बन्न म काम गर्नेछु ।'
२३ वर्षीय जिससले सिटीका लागि च्याम्पियन्स लिगको २२ खेलमा १४ गोल गरिसकेका छन् ।
यस्तै जिससले बलियो टिम रियललाई कडा महेनत गरेको कारण हराउन सफल भएको बताए । उनले अर्को खेलमा जित निकाल्न समेत कडा महेनत गर्नु पर्ने बताए ।
अब सिटीले क्वाटरफाइनलमा फ्रेन्च क्लब लियोनसँग खेल्नेछ । लियोन इटालियन क्लब युभेन्ट्सलाई अवे गोलको आधारमा पछि पार्दै क्वाटरफाइनलमा पुगेको हो ।