'च्याम्पियन्स लिग जित्न ठुला क्लबलाई हराउनु पर्छ'

एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले च्याम्पियन्स लिग जित्न अझै ठुला क्लबलाई हराउनु पर्ने बताएका छन् ।
१३ पटकको च्याम्पियन रियल मड्रिडलाई हराएर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेपछि ग्वार्डीओलाले उपाधि जित्न ठुला क्लबलाई हराउनु पर्ने बताएका हुन् ।
'यदि हामीलाई लाग्छ कि रियललाई हराउन पर्याप्त छ भने हामी कति सानो छौँ भनेर हामीले देखाउने छौँ । तर, यदी जित्न चाहनुहुन्छ भने ठुला क्लबलाई हराउनु पर्नेछ,' ग्वार्डीओलाले भने ।
अन्तिम १६ अन्तर्गत घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीले रियललाई २-१ ले हराएको थियो । र, समग्रमा ४-२ को जितसहित सिटीले अन्तिम आठको यात्रा तय गरेको हो ।
अब सिटीले क्वाटरफाइनलमा फ्रेन्च क्लब लियोनसँग खेल्नेछ । लियोन इटालियन क्लब युभेन्ट्सलाई अवे गोलको आधारमा पछि पार्दै क्वाटरफाइनलमा पुगेको छ ।
'मैले भर्खर लियोनको बारेमा स्काउटिङ विभागसँग कुरा गरे र उनीहरूले मलाई सतर्क हुन भनेका छन्,' उनले भने, 'खेलाडीहरू अर्च्को चरणमा पुग्न पोर्चुगल जान्छन् । हामी अर्को चरणको लागि योग्य छौँ । च्याम्पियन्स लिग जित्न धेरै टिमलाई हराउनु पर्नेछ । त्यहाँ अझै बायर्न म्युनिख, बार्सिलोना, नापोली, एट्लेटिको मड्रिड छन् ।'
तर, ग्वार्डीओलाले च्याम्पियन्स लिग जित्न प्रयास जारी राख्ने बताए ।
'हामी यहाँ च्याम्पियन्स लिग जित्न प्रयास गरिरहेका छैन,' उनले थपे ।