एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको आगामी सिजन तीन खेलाडी मात्र परिवर्तन गर्न पाउने भएका छन् ।
प्रिमियर लिग क्लबले बिहीबार पाँच खेलाडी परिवर्तनको विरुद्धमा मतदान गरेपछि आगामी सिजन तीन खेलाडी मात्र परिवर्तन गर्न पाउने भएको हो ।
सन् २०२०/२१ को सिजन पनि पाँच खेलाडी परिवर्तनका लागि भएको मतदानमा क्लबहरु तीन खेलाडीको पक्षमा गएको हो ।
कोरोना भाईरसको महामारीको कारण लामो समय फुटबल स्थगित भएपछि फिफाले पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो ।
कोरोनाको महामारीबीच सुचारु यस सिजनको लिगमा पाँच खेलाडी परिवर्तन गरिएको थियो ।
यस्तै फिफाले आगामी सिजन समेत पाँच खेलाडी परिवर्तनका लागि अनुमति दिएको थियो ।
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुँदैछ ।