सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद ऐन – नियमावलीले २० वटा दफा समेट्ने !

बिहिबार, २२ श्रावण २०७७हिम बिक्रम केसी
खेलकुद ऐन – नियमावलीले २० वटा दफा समेट्ने !

नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवलाई शपथ गराउँदै खेलकुद मन्त्री जगत विश्वकर्मा । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनका लागि बनाउन लागिएको नियमावलीले २० वटा दफालाई समेट्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको नियमावली मस्यौदा समितिले खेलकुद ऐनका २० वटा दफालाई नियमावलीले समेट्नुपर्ने निष्कर्श सहित सुझाव संकलनको काम अघि बढाएको छ ।

सोही अनुसार समितिले नियमावली निर्माण गर्न सुझाव संकलनको कार्यलाई अघि बढाउँदै सम्बन्धित बिषयका सरोकारवाला पक्षसंग छलफल गर्ने तयारी गरेको हो ।

खेलकुद विकास ऐन असार १७ बाट कार्यान्वयनमा आएसंगै खेलकुद मन्त्रालयले सह–सचिव भक्तराज ढकालको नेतृत्वमा ७ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो । ढकाल युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख समेत हुन् । समितिमा मन्त्रालय सहित कानुन मन्त्रालय र खेलकुद परिषद्का कानुन हेर्ने उप–सचिव सदस्य छन् ।

समितिले साउन २० भित्र आफ्ना सुझाव उपलब्ध गराउन सार्वजनीक सुचना समेत जारी गरेको थियो ।

समितिले नियमावलीको प्रारम्भिक मस्यौदा बनाउन मन्त्रालयहरुका उप–सचिव रहेको टोलीलाई जिम्मेवारी दिएको थियो भने राखेप, खेल संघ र महासंघकोतर्फबाट सुझाव संकलन गर्ने जिम्मेवारी रिम रानाभाटलाई दिएको थियो ।

समितिले खेल बिज्ञको रुपमा रानाभाटलाई सदस्यको रुपमा मस्यौदा निर्माण समितिमा मनोनित गरेको हो । रानाभाटलाई सरकारले राखेप सदस्य सचिव सिफारिस समितिको सदस्यमा मनोनित गर्नुका साथै परिषद्को बोर्ड सदस्यको रुपमा समेत मनोनित गरेको छ ।

नियमावलीले समेट्ने २० वटा दफा के के हुन् ?

समितिले नियमावलीले समेट्ने २० वटा दफाको टुङ्गो लगाईसकेको छ ।

जस अनुसार ऐनको दफा १५ (ध) ले निर्देश गरे अनुसार कार्यकारी समितिको काम, कर्तव्य र अधिकारका थप बिषय नियमावलीले तोक्ने छ ।

यस्तै, दफा १७ (१३) अनुसार सदस्य सचिवको पारिश्रमिक, सुविधा तथा सेवाको अन्य शर्त नियमावलीले तोक्नुपर्नेछ ।

सरकारले सदस्य सचिवमा रमेशकुमार सिलवाललाई विशिष्ट श्रेणीको सचिव सरहको नियुक्ति प्रदान गरेको थियो ।

दफा १८ (ञ) अनुसार सदस्य सचिवको काम कर्तब्य र अधिकार समेत नियमावलीले समेट्नुपर्नेछ ।

दफा १९ (७) अनुसार कर्मचारी समायोजन सम्बन्धी व्यवस्था तोक्ने र दफा २२ (२¬ङ) अनुसार संघ, प्रदेश र स्थानीय तहका खेल संघ स्थापना गर्ने सम्बन्धी अन्य मापदण्ड तोक्नेछ ।

यस्तै, दफा २३ (२) अनुसार खेल संघ÷महासंघले राष्ट्रिय मान्यता पाउन परिषद्मा दर्ता हुन लाग्ने दस्तुर समेत नियमावलीले प्रष्ट बनाउनेछ ।

दफा २६ (२घ) अनुसार खेल संघ, महासंघले राष्ट्रिय मान्यता पाउन परिषद्मा दर्ता हुँदा पेश गर्नुपर्ने कागजातहरु तोक्ने र दफा २६ (४) अनुसार राष्ट्रिय मान्यता प्राप्त गर्ने खेल संघ÷महासंघलाई परिषद्ले दिने प्रमाणपत्रको ढाँचा नियमावलीले निर्धारण गर्नेछ ।

यस्तै, दफा २६ (१०) अनुसार खेल संघ वा महासंघले नवीकरणका लागि आवश्यक कागजातको बिषय नियमावलीले समेट्नेछ ।

दफा २६ (१३)ले उल्लेख गरे अनुसार राष्ट्रिय खेल संघ÷महासंघ परिषदमा दर्ता हुने तथा नविकरण गर्ने सम्बन्धी अन्य ब्यवस्थाका साथै दफा ३३ (क) अनुसार दफा ३२ को खण्ड (क) को कसुर गरेमा प्रतियोगितामा भाग लिन नपाउने अवधि समेत नियमावलीले परिभाषित गर्नेछ ।

यस्तै, दफा ३७ (¬५) अनुसार परिषद्मा दर्ता हुनको लागि ओलम्पिक कमिटिले तिर्नुपर्ने दस्तुर र निवेदनको ढाँचा तोक्ने तथा दफा ३७ (¬७) अनुसार ओलम्पिक कमिटि सम्बन्धी अन्य व्यवस्था समेत नियमावलीले समेट्नेछ ।

दफा ४० (२) अनुसार खेलाडीलाई रोजगारी दिने संस्थालाई प्रोत्साहनको व्यवस्था तथा दफा ४३ (२) अनुसार राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको गठन, काम, कर्तब्य र अधिकार सम्बन्धी व्यवस्था समेत नियमावलीले निर्माण गर्नेछ ।

यस्तै, दफा ४८ (१) अनुसार ठुला तथा राष्ट्रिय स्तरका खेलकुद पूर्वाधारको निर्माण तथा मर्मत सम्भार सम्बन्धी व्यवस्था गर्ने र दफा ४८ (६) अनुसार खेलकुद क्षेत्रमा सार्वजनीक निजी क्षेत्र, गैरसरकारी, सहकारी र सामुदायिक संघ संस्थासंगको साझेदारी तथा लगानी सम्बन्धी व्यवस्थाको काम नियमावलीले गर्नेछ ।

दफा ४९ (२) अनुसार खेलकुद क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहवीच समन्वयका र सहकार्य सम्बन्धी व्यवस्था र दफा ५० (३) अनुसार खेलाडी कल्याणकारी कोष सञ्चालन सम्वन्धी व्यवस्था समेत नियमावलीले निर्माण गर्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो