• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुद ऐन – नियमावलीले २० वटा दफा समेट्ने !
हिम बिक्रम केसी
बिहीबार, साउन २२, २०७७ हिम बिक्रम केसी
खेलकुद ऐन – नियमावलीले २० वटा दफा समेट्ने !
नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवलाई शपथ गराउँदै खेलकुद मन्त्री जगत विश्वकर्मा । फोटो : खेलपाटी

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनका लागि बनाउन लागिएको नियमावलीले २० वटा दफालाई समेट्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको नियमावली मस्यौदा समितिले खेलकुद ऐनका २० वटा दफालाई नियमावलीले समेट्नुपर्ने निष्कर्श सहित सुझाव संकलनको काम अघि बढाएको छ ।

सोही अनुसार समितिले नियमावली निर्माण गर्न सुझाव संकलनको कार्यलाई अघि बढाउँदै सम्बन्धित बिषयका सरोकारवाला पक्षसंग छलफल गर्ने तयारी गरेको हो ।

खेलकुद विकास ऐन असार १७ बाट कार्यान्वयनमा आएसंगै खेलकुद मन्त्रालयले सह–सचिव भक्तराज ढकालको नेतृत्वमा ७ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो । ढकाल युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख समेत हुन् । समितिमा मन्त्रालय सहित कानुन मन्त्रालय र खेलकुद परिषद्का कानुन हेर्ने उप–सचिव सदस्य छन् ।

समितिले साउन २० भित्र आफ्ना सुझाव उपलब्ध गराउन सार्वजनीक सुचना समेत जारी गरेको थियो ।

समितिले नियमावलीको प्रारम्भिक मस्यौदा बनाउन मन्त्रालयहरुका उप–सचिव रहेको टोलीलाई जिम्मेवारी दिएको थियो भने राखेप, खेल संघ र महासंघकोतर्फबाट सुझाव संकलन गर्ने जिम्मेवारी रिम रानाभाटलाई दिएको थियो ।

समितिले खेल बिज्ञको रुपमा रानाभाटलाई सदस्यको रुपमा मस्यौदा निर्माण समितिमा मनोनित गरेको हो । रानाभाटलाई सरकारले राखेप सदस्य सचिव सिफारिस समितिको सदस्यमा मनोनित गर्नुका साथै परिषद्को बोर्ड सदस्यको रुपमा समेत मनोनित गरेको छ ।

नियमावलीले समेट्ने २० वटा दफा के के हुन् ?

समितिले नियमावलीले समेट्ने २० वटा दफाको टुङ्गो लगाईसकेको छ ।

जस अनुसार ऐनको दफा १५ (ध) ले निर्देश गरे अनुसार कार्यकारी समितिको काम, कर्तव्य र अधिकारका थप बिषय नियमावलीले तोक्ने छ ।

यस्तै, दफा १७ (१३) अनुसार सदस्य सचिवको पारिश्रमिक, सुविधा तथा सेवाको अन्य शर्त नियमावलीले तोक्नुपर्नेछ ।

सरकारले सदस्य सचिवमा रमेशकुमार सिलवाललाई विशिष्ट श्रेणीको सचिव सरहको नियुक्ति प्रदान गरेको थियो ।

दफा १८ (ञ) अनुसार सदस्य सचिवको काम कर्तब्य र अधिकार समेत नियमावलीले समेट्नुपर्नेछ ।

दफा १९ (७) अनुसार कर्मचारी समायोजन सम्बन्धी व्यवस्था तोक्ने र दफा २२ (२¬ङ) अनुसार संघ, प्रदेश र स्थानीय तहका खेल संघ स्थापना गर्ने सम्बन्धी अन्य मापदण्ड तोक्नेछ ।

यस्तै, दफा २३ (२) अनुसार खेल संघ÷महासंघले राष्ट्रिय मान्यता पाउन परिषद्मा दर्ता हुन लाग्ने दस्तुर समेत नियमावलीले प्रष्ट बनाउनेछ ।

दफा २६ (२घ) अनुसार खेल संघ, महासंघले राष्ट्रिय मान्यता पाउन परिषद्मा दर्ता हुँदा पेश गर्नुपर्ने कागजातहरु तोक्ने र दफा २६ (४) अनुसार राष्ट्रिय मान्यता प्राप्त गर्ने खेल संघ÷महासंघलाई परिषद्ले दिने प्रमाणपत्रको ढाँचा नियमावलीले निर्धारण गर्नेछ ।

यस्तै, दफा २६ (१०) अनुसार खेल संघ वा महासंघले नवीकरणका लागि आवश्यक कागजातको बिषय नियमावलीले समेट्नेछ ।

दफा २६ (१३)ले उल्लेख गरे अनुसार राष्ट्रिय खेल संघ÷महासंघ परिषदमा दर्ता हुने तथा नविकरण गर्ने सम्बन्धी अन्य ब्यवस्थाका साथै दफा ३३ (क) अनुसार दफा ३२ को खण्ड (क) को कसुर गरेमा प्रतियोगितामा भाग लिन नपाउने अवधि समेत नियमावलीले परिभाषित गर्नेछ ।

यस्तै, दफा ३७ (¬५) अनुसार परिषद्मा दर्ता हुनको लागि ओलम्पिक कमिटिले तिर्नुपर्ने दस्तुर र निवेदनको ढाँचा तोक्ने तथा दफा ३७ (¬७) अनुसार ओलम्पिक कमिटि सम्बन्धी अन्य व्यवस्था समेत नियमावलीले समेट्नेछ ।

दफा ४० (२) अनुसार खेलाडीलाई रोजगारी दिने संस्थालाई प्रोत्साहनको व्यवस्था तथा दफा ४३ (२) अनुसार राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको गठन, काम, कर्तब्य र अधिकार सम्बन्धी व्यवस्था समेत नियमावलीले निर्माण गर्नेछ ।

यस्तै, दफा ४८ (१) अनुसार ठुला तथा राष्ट्रिय स्तरका खेलकुद पूर्वाधारको निर्माण तथा मर्मत सम्भार सम्बन्धी व्यवस्था गर्ने र दफा ४८ (६) अनुसार खेलकुद क्षेत्रमा सार्वजनीक निजी क्षेत्र, गैरसरकारी, सहकारी र सामुदायिक संघ संस्थासंगको साझेदारी तथा लगानी सम्बन्धी व्यवस्थाको काम नियमावलीले गर्नेछ ।

दफा ४९ (२) अनुसार खेलकुद क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहवीच समन्वयका र सहकार्य सम्बन्धी व्यवस्था र दफा ५० (३) अनुसार खेलाडी कल्याणकारी कोष सञ्चालन सम्वन्धी व्यवस्था समेत नियमावलीले निर्माण गर्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP