एजेन्सी । इटालियन क्लब इन्टर मिलानले चिलीका फरवार्ड एलेक्सिस सान्चेजलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
इन्टरले म्यानचेस्टर युनाइटेडका फरवार्डलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
इन्टरले बिहीबार लोनमा खेलिरहेका सान्चेजलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
सान्चेजले इन्टरसँग तीन वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै सान्चेज सन् २०२३ सम्म इन्टरमा रहने छन् ।
३१ वर्षीय फरवार्डलाई इन्टरले सन् २०१९ को अगष्टमा लोनमा अनुबन्ध गरेको थियो ।
सान्चेजले इन्टरका लागि सबैखाले प्रतियोगिताको २९ खेलमा ४ गोल गरेका छन् ।