एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका युवा खेलाडी ताकेफुसा कुबोले भिल्ला रियलबाट खेल्ने भएका छन् ।
जापानी युवा स्टारलाई भिल्लाले रियलबाट एक वर्षको लागि लोनमा अनुबन्ध गरेको हो ।
जापानिज मेस्सीको नाममा परिचित १९ वर्षीय कुबोले गत सिजन मालोर्काबाट खेलेका थिए ।
तर, पहिलो सिजन नै मालोर्का रेलिगेसनमा परेको थियो ।
भिल्ला र रियलले कुबो अनुबन्धको बारेमा औपचारिक रुपमा केहि बताएको छैन । तर, केहि दिनमा भिल्ला रियलले उनलाई सार्वजनिक गर्ने बताएको छ ।
स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट गत सिजन रियल आएका थिए ।
जापानको राष्ट्रिय टोलीमा हालै डेब्यु गरेका कुबो कोपा अमेरिका खेल्ने जापानिज टोलीमा रहेका थिए । अट्याकिङ मिडफिल्डर कुबोले जुन ९ मा भएको एल साल्भाडोरविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।