एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नर्विच सिटीका डिफेन्डर जामल लेविस अनुबन्धको प्रयास थालेको छ ।
लिभरपुलले लेफ्ट ब्याक लेविसलाई १० मिलियनमा अनुबन्धका लागि चाँसो दिएको हो ।
नर्दन आयरल्याण्डका २२ वर्षे डिफेन्डरले यस सिजन २८ खेल खेल्दै १ गोल गरेका थिए । तर, यस सिजन नर्विच रेलिगेसनमा परेको थियो ।
लिभरपुलले एन्डी रोबर्टसनको वैकल्पिकको रुपमा लेविसलाई अनुबन्ध गर्ने खोजेको बीबीसीले जनाएको छ ।
लेविसले प्रिमियर लिगको डेब्यु सिजन नै उत्कृष्ट खेल्दै सबैलाई आकर्षित बनाएका थिए ।
जसको कारण योर्गेन क्लोप लेविसलाई एनफिल्डमा ल्याउन चाहन्छ ।
