एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले आफुलाई मन पर्ने प्रशिक्षक योर्गेन क्लोप भएको बताएका छन् ।
ईएसपीएनसँगको एक अन्तर्वार्तामा लेवान्डोस्कीले आफुलाई मन पर्ने प्रशिक्षक क्लोप भएको बताएका हुन् ।
लेवान्डोस्कीले क्लोपपछि मन पर्ने अर्को प्रशिक्षकमा पेपे ग्वार्डीओला भएको समेत बताए ।
'मलाई लाग्लेछ मेरो मन पर्ने प्रशिक्षक क्लोप हो । र, त्यसपछि ग्वार्डीओला शतप्रतिशत,' लेवान्डोस्कीले भने ।
लिभरपुलका मुख्य प्रशिक्षक रहेका क्लोपको प्रशिक्षणमा लेवान्डोस्कीले बोरुसिया डर्टमण्डमा रहदा खेलेका थिए ।
क्लोपकै नेतृत्वमा लेवान्डोस्कीले आफुलाई विश्व स्तरीय स्ट्राइकरको रुपमा स्थापित गरेका थिए ।
क्लोप र लेवान्डोस्की हुँदा डर्टमण्डले २ पटक बुन्डेसलिगा, जर्मन कप र जर्मन सुपर कप जितेको थियो ।
'क्लोपका दुई अनुहार छन् । तपाई देख्न सक्नु हुन्छ को उहाँ बुबा जस्तै दयालु हुनुहुन्छ तर, दोस्रो भागमा प्रशिक्षक । उहाँलाई तपाईले सबैकुरा भन्न सक्नु हुन्छ,' पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले थपे, 'खेलाडीहरुका लागि उनी ठुलो प्रेरणा हुन् । उनले उत्तम बनाउन सक्छन ।'
डर्टमण्डमा चार वर्ष बिताएपछि लेवान्डोस्की सन् २०१४ मा बायर्न आएका थिए ।
बायर्नमा लेवान्डोस्कीले हाल म्यानचेस्टर सिटीका प्रशिक्षक रहेका ग्वार्डीओलाको नेतृत्वमा खेलेका थिए । ग्वार्डीओलाको नेतृत्वमा समेत लेवान्डोस्कीले बायर्नका लागि थुप्रै उपाधि जितेका थिए ।