एजेन्सी । म्यान्चेष्टर सिटीले भ्यालेन्सियाका विङ्गर फेरन टोरेसलाई अनुबन्धन गरेको छ ।
प्रिमियर लिग क्लब सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गरलाई २३ मिलियन युरोमा अनुबन्धन गरेको हो ।
उनी समर ट्रान्सफरमा सिटीमा अनुबन्धन हुने पहिलो खेलाडी हुन् । सिटीले जर्मन फरवार्ड लिरो साने स्थानमा टोरेसलाई लिएको हो ।
साने जुलाई ३ मा बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख गएका थिए ।
२० बर्षका विङ्गरले सिटीसंग ५ बर्षको सम्झौता गरेका छन् ।
‘हरेक खेलाडी आक्रमक टिममा समावेश हुन चाहन्छ । म्यान्चेष्टर सिटी विश्वको उत्कृष्ट आक्रमक टिम हो ।’ टोरेसले भनेका छन् ।
‘म सिटीमा जोडिन पाउँदा धेरै खुसी छु ।’ उनले थपे ।
‘हामीले उनको प्रगतिलाई नजिकबाट नियोलेका छौ । र हामी धेरै प्रभावित छौ ।’ सिटीका निर्देशक ट्याक्सी बिगिरिस्टेनले भनेका छन् ।
‘उनी युवा छन् । उनी अझै विकास हुने क्रममा छन् । तर उनी प्राविधिक रुपमा अब्बल छन् । हामीले त्यस्तै विङ्गर हेरिरहेका थियौ । उनी तिव्र र सिधा छन् । पासहरु निकाल्न सक्षम छन् । उनी खेल जित्न निर्णायक भूमिका खेल्न सक्छन् ।’ उनले भने ।